• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • पत्रकार ओली प्रेस काउन्सिल युवा पत्रकार पुरस्कारबाट पुरस्कृत

पत्रकार ओली प्रेस काउन्सिल युवा पत्रकार पुरस्कारबाट पुरस्कृत

  • आइतवार, अशोज ७, २०८०
पत्रकार ओली प्रेस काउन्सिल युवा पत्रकार पुरस्कारबाट पुरस्कृत

बाजुरा– प्रेस चौतारी नेपाल सुदुरपश्चिम प्रदेश अध्यक्ष तथा रेडियो बाजुराका प्रबन्धक कृष्ण ओली पुरस्कृत भएका छन् । प्रेस काउन्सिल नेपालले पत्रकार ओलीलाई युवा पत्रकार पुरस्कारबाट पुरस्कृत गरेको हो । हिजो सनिबार आयोजित एक कार्यक्रममा विच ओली सहित १९ जना पत्रकार युवा पत्रकार पुरस्कारबाट पुरस्कृत भएका हुन ।
प्रेस काउन्सिल नेपालको ५४ औं बार्षिक उत्सवको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेको उपस्थितिमा भएको कार्यक्रमा सुदुरपश्चिम प्रदेशबाट श्याम भट्ट, मीन ठकुरी, नरेन्द्र कार्की, चाँदनी आचार्य लगाएतका पत्रकार पुरस्कृत भएका हुन ।
पत्रकार ओली आर्थिक सामाजिक तथा राजनैतिक सास्कृतिक विषयमा कलम चलाउन अब्बल युवा पत्रकार हुन । पत्रकार ओली रेडियो बाजुराका प्रबन्धक, नागरिक दैनीकका बाजुरा सम्वाददाता सुदुर संसार अनलाईनका संचालक र प्रेस चौतारी नेपालका सुदुरपश्चिम प्रदेश अध्यक्ष हुन ।

चर्चामा

सम्बन्धित समाचार