• होमपेज
  • समाचार
  • बाजुरामा साताब्यापी विश्व रेविज विरुद्धको दिवस सुरु

बाजुरामा साताब्यापी विश्व रेविज विरुद्धको दिवस सुरु

  • शनिबार, अशोज ६, २०८०
बाजुरामा साताब्यापी विश्व रेविज विरुद्धको दिवस सुरु

बाजुरा– बाजुरा जिल्लामा बिभिन्न कार्यक्रम गरेर साताब्यापी विश्व रेविज विरुद्धको दिवस मनाईने भएको छ । बडिमालिका नगरपालिका र भेटेनरी अस्पताल बाजुराको संयूक्त आयोजनामा साताब्यापी विश्व रेविज विरुद्धको दिवस सुरु भएको छ । सुक्रबार एक कार्यक्रममा विच दिवसको औपचारीक रुपमा सुरु गरिएको बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले जानकारी दिए ।
असोज ५ गते शुक्रबार देखि नै भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा घर पालुवा तथा सडकका छाडा कुकुरलाई निःशुल्क विश्व रेविज बिरुद्धको खोप लगाउन सुरु गरिएको छ । बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म त्यस्ता जनावरहरु ल्याएर खोप लगाई रेविजबाट बच्न तथा बचाउन सबैमा अनुरोध गरेका छन ।
५ गते देखि सञ्चालन गरिएको रेबिज विरुद्धको खोप ११ गतेसम्म सप्ताहको रुपमा लगाइने र बाँकी डोज खोप निरन्तर रुपमा लगाइने भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बाजुराले जनाएको छ । विश्व रेविज सप्ताहको पहिलो दिन दिवसको शुभारम्भ सहित ११ गतेसम्म घरपालुवा कुकुर विरालालाई निशुल्क खोप लगाउने कार्यक्रम रहेको छ ।
त्यसै ६ देखी १० गतेसम्म मार्तडी कोल्टि र टाँटेमा रेविज विरुद्ध स्कुल शिक्षा कार्यक्रम संचालन गरिने छ । साथै असोज ११ गते विहान बडिमालिका नगरपालिकाबाट प्रभातफेरी सहित बजार परिक्रमा गरेर दिवस मनाईने भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराका प्रमुख पशुपति नाथले बताए ।
बडिमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्काको अध्यक्षतामा शुभारम्भ भएको कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकरी भिमाकान्त पौडेल रहेका थिए । भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख पशुपति नाथले कार्यक्रमबारे जानकारी गराएका थिए भने रेविज कहिलेबाट सुरुभयो रेविज रोग के हो कसरी सर्छ बच्न के गर्नु पर्छ कुन कुन जवानरको टोकाईबाट सर्छ जस्ता विषयमा भेटेनरी अस्पतालका पशु चिकित्सक डाक्टर विकल गौतम र जिल्ला अस्पतालमा कार्यरत डाक्टर चेतबहादुर धामीले जानकारी दिएका थिए । कार्यक्रमको संचालन भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका जगत थापाले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार