आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • खेलकुद
  • नेपालले अफगानिस्तानसँग खेल्ने

नेपालले अफगानिस्तानसँग खेल्ने

  • शनिबार, अशोज ६, २०८०
नेपालले अफगानिस्तानसँग खेल्ने

काठमाडौँ– नेपालले आईसीसी यू–१९ विश्वकपको समूह चरणमा पाकिस्तान, न्युजिल्यान्ड र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जनवरी १३ देखि फेब्रुअरी ४ सम्म हुने प्रतियोगिताको बिहीबार प्रकासित गरेको खेल तालिकाअनुसार नेपाललगायत यी तीन राष्ट्र समूह ‘डी’ मा परेका छन् ।

नेपालले आठौं पटक यू–१९ विश्वकप खेल्न लागेको हो । नेपालले यू–१९ विश्वकपमा पहिलो पटक अफगानिस्तानसँग खेल्न लागेको छ । नेपालले सन् २००२ मा न्युजिल्यान्डमा भएको विश्वकपमा पाकिस्तानलाई पराजित गरी सनसनी मच्चाएको थियो । नेपालले २००६ र २०१६ मा गरी न्युजिल्यान्डलाई दुई पटक पराजित गरिसकेको छ ।

समूह ‘ए’ मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका, समूह ‘बी’ मा इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड तथा समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया छन् । चारै समूहका सबै खेल कोलम्बोमा हुनेछ । मुख्य रंगशाला आर प्रेमदासामा प्रतियोगिताको उद्घाटनदेखि दुई सेमिफाइनल र फाइनल हुनेछ । नेपालले पहिलो दिन जनवरी १३ मा न्युजिल्यान्डसँग पी सारा ओभलमा खेल्नेछ । पाकिस्तानसँग जनवरी १७ मा पी सारा र अफगानिस्तानसँग जनवरी २० मा नोन्डस्क्रिप्ट क्रिकेट क्लबमा खेल्नेछ । नेपालले यसअघि सन् २०००, २००२, २००४, २००६, २००८, २०१२ र २०१६ मा यो प्रतियोगिता खेलेको थियो ।

प्रतियोगिताको संरचना विगतभन्दा परिवर्तन गरिएको छ । प्रतियोगिताको १६ मध्ये शीर्ष १२ टोली दोस्रो चरणमा पुग्नेछन् । यसअघि शीर्ष ८ टोली दोस्रो चरणमा नकआउटका आधारमा खेल्ने गरेका थिए । यसअघि जस्तो प्लेट इभेन्ट पनि हटाइएको छ । समूह चरणमा अन्तिम हुने चार टोली बीच प्लेअफमा १–१ खेल भएर टुंगिने छ ।

चर्चामा

सम्बन्धित समाचार