मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • देश
  • एसईईको ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

एसईईको ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

  • बिहिबार, अशोज ४, २०८०
एसईईको ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं— गत साउन गते सञ्चालन भएको माध्यमिक शिक्षा परिषद् (एसईई)को ग्रेडवृद्धि परिक्षको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा वोर्डले आज नतिजा सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको नतिजा अनुसार ६६.९७ प्रतिशत विद्यार्थीले ग्रेड वृद्धि गरेका छन् । परीक्षामा १ लाख १३ हजार ३१३ विद्यार्थी सहभागी थिए । जसमा एक जना विद्यार्थीको परीक्षाफल रद्द गरिएको बोर्डले जनाएको छ । ग्रेड वृद्धि परीक्षा दिएका ३७ हजार ४१६ जना विद्यार्थीले ग्रेड वृद्धि गर्न नसकेको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले जनाएको छ ।

बोर्डले सार्वजनिक गरेको नतिजामा चित्त नबुझेमा १५ दिनभित्रमा पुर्नयोगका लागि निवेदन दिनसमेत आग्रह गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार