• होमपेज
  • देश
  • बझाङमा मोटरसाइकल ठक्करबाट एक महिला घाइते

बझाङमा मोटरसाइकल ठक्करबाट एक महिला घाइते

  • बिहिबार, अशोज ४, २०८०
बझाङमा मोटरसाइकल ठक्करबाट एक महिला घाइते

अर्थ जङ्ग शाही —बझाङमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते भएकी छन् । जयपृथ्वी राजमार्ग अन्तर्गत जिल्लाको केदारस्यु गाउँपालिका १ चौडाममा मोटरसाइकलको ठक्करबाट स्थानिय उमेश भण्डारीकी २९ वर्षिया श्रिमती खिमेश्वरी भण्डारी घाइते भएकि हुन् ।

आज विहिबार बिहान ९ बजे बित्थडचिर गाउँपालिकाबाट छविसपाथिभेरा गाउँपालिका तर्फ गइरहेको से१ब ६०० नम्बरको छविसपाथिभेरा गाउँपालिकाको सरकारीे मोटरसाइकलले भण्डारीलाई सडक क्रस गर्ने क्रममा ठक्कर दिएको जिल्ला प्रहरी कार्यलय बझाङका प्रहरी निरिक्षक एवं सुचना अधिकारी दिपेश चौधरीले बताए ।

मोटरसाइकलको ठक्करबाट उनको कम्मर, पेट र हातमा चोट लागेको छ । अवस्था सामान्य रहेकाले प्राथामिक स्वास्थ्य केन्द्र देउरामा उपचार भई रहेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक खप्तड छान्ना गाउँपालिका ५ का ३८ वर्षिय भेषराज उपाध्यायलाई मोटरसाइकल सहित प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार