मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • देश
  • एसईईमा उत्कृष्ट विद्यार्थीलाई एक लाख पुरस्कार

एसईईमा उत्कृष्ट विद्यार्थीलाई एक लाख पुरस्कार

  • बिहिबार, अशोज ४, २०८०
एसईईमा उत्कृष्ट विद्यार्थीलाई एक लाख पुरस्कार

खोटाङ– खोटाङको केपिलासगढी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने छात्रछात्रालाई नगद पुरस्कार वितरण गरेको छ ।

गाउँपालिकाभरिको सामुदायिक विद्यालयबाट शैक्षिकसत्र २०७९ मा एसईई दिएकामध्ये उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने एक–एक छात्रछात्रालाई एक लाखका दरले पुरस्कार वितरण गरिएको हो ।

थर्पुडाँडा मावि सप्तेश्वरकी आस्था राईलाई एक लाखसहित प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै थर्पुडाँडा मावि सप्तेश्वरका सुजन कार्की र पृथ्वी मावि बाक्सिलाका आलोक राईलाई जनही ५० हजार र प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरेन्द्र खनालले जानकारी दिए ।

गत वर्ष एसईईमा उत्कृष्ट अङ्क ल्याउने थर्पुडाँडा मावि सप्तेश्वरका रेडस्टार राइ र पृथ्वी मावि बाक्सिलाकी युनिशा राईलाई एक लाख प्रदान गरिएको थियो ।

गाउँपालिकाले आर्थिक वर्ष २०७९–२०८० देखि नीति तथा कार्यक्रम बनाएर एसईईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण गर्ने छात्रछात्रालाई नगद पुरस्कार दिँदै आएको छ ।

गाउँपालिकाभित्र सञ्चालित माध्यमिक विद्यालयमध्ये नतिजाको आधारमा पृथ्वी मावि बाक्सिलाका प्रधानाध्यापक रणबहादुर राई उत्कृष्ट प्रधानाध्यापक घोषित भएका छन् ।

उनलाई दश हजार नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । बुहारी शिक्षा कार्यक्रमअन्तर्गत गाउँपालिकाले अहिले दश बुहारीलाई निःशुल्क पढाइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार