सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • देश भित्र जनपक्षिय सरकार हुनुपर्छ

देश भित्र जनपक्षिय सरकार हुनुपर्छ

  • बिहिबार, अशोज ४, २०८०
देश भित्र जनपक्षिय सरकार हुनुपर्छ

देश भित्र जनपक्षिय सरकार हुनुपर्छ,
हो सबैको देशभक्ति व्यबहार हुनुपर्छ।

युवालाई रोजगार र सम्मान वृद्धाको,
आफ्नै सन्तान प्रती बफादार हुनुपर्छ।

छुवाछुत किन हुन्छ विज्ञानिक युगमा,
मानिस सँग निश्पक्षिय प्यार हुनुपर्छ।

हामि सबै यही देशका नागरिक हुँदा,
आफ्नै देशमा जिउँने आधार हुनुपर्छ।

सम्विधान दिवस धुमधाम मनाएहौला,
तर यो देशमै सबैलाई रोजगार हुनुपर्छ।

पर्खाल बनाउँ देश जोगाऊँ सिमानामा,
नेताकै मष्तिकमा पनि तारबार हुनुपर्छ।

चर्चामा

सम्बन्धित समाचार