शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • देश
  • काठमाडौंमा द्रुत बस सेवा सुरु, ४५ मिनेटमै रत्नपार्क-सूर्यविनायक

काठमाडौंमा द्रुत बस सेवा सुरु, ४५ मिनेटमै रत्नपार्क-सूर्यविनायक

  • बुधबार, अशोज ३, २०८०
काठमाडौंमा द्रुत बस सेवा सुरु, ४५ मिनेटमै रत्नपार्क-सूर्यविनायक

काठमाडौं —काठमाडौं उपत्यकामा आज द्रुत बस सेवा सुरु गरेको छ । संविधान दिवसको अवसर पारेर आज काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका हुन् ।

द्रुत बस सेवा सूर्यविनायक–रत्नपार्क चल्नेछ । द्रुत बस सेवा आज उद्घाटन भएपनि सर्वसाधारण यात्रुका लागि भने बिहीबारदेखि मात्रै सञ्चालनमा आउनेछ । उद्घाटनको दिन द्रुत सेवाका बसमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहलगायतले यात्रा गरेका छन् ।

द्रुत बस सेवाले रत्नपार्कबाट सूर्यविनायक ४५ मिनेटमै पुर्‍याउनेछ । सूर्यविनायकदेखि रत्नपार्कसम्म आउने समय करिब दुई घण्टा लाग्ने र यसलाई सबैभन्दा पहिला ४५ मिनेटमा झार्ने र अझै व्यवस्थित गर्दै गएर ३० मिनेटमा पुर्‍याउने योजना रहेको मन्त्री ज्वालाले जानकारी दिए ।

उनले सरकार धेरै चुनौतीहरुका बीचमा काम गरिरहे पनि बस सेवा सूर्यविनायकदेखि बनेपा धुलिखेलसम्म पनि बिस्तार गर्दै जाने जनाए । द्रुत बसलाई जाम छल्न सजिलो हुने गरी माइतीघर, कोटेश्वर, जडिबुटीमा ननस्टप सञ्चालनमा ट्राफिक प्रहरीले सहयोग गर्नेछन् ।

चर्चामा

सम्बन्धित समाचार