मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • बिरोधका लागि बिरोध नगरौं

बिरोधका लागि बिरोध नगरौं

  • बुधबार, अशोज ३, २०८०
बिरोधका लागि बिरोध नगरौं

संगियता फालौँ देशहितमा सम्विधान हुनुपर्छ,
कानुन् अनुसार देशका दुष्टको चिहान हुनुपर्छ।

गणतन्त्र र धर्मनिरपक्षको गर्नैपर्छ रक्षा हामि,
गाउँ सहर गाईरहने हाम्रो राष्टिय गान हुनुपर्छ।

सम्विधान सभाले त सम्विधान बनायो देशको,
देश बिकासमै जनआन्दोलनको उठान हुनुपर्छ।

बिरोधका लागि बिरोध नगरौं देशको हित गरौँ,
सबै नगारिक को देश हितमा योगदान हुनुपर्छ।

नवाैँ वर्षमा प्रवेस भयो सम्विधान यो देशको,
गणतन्त्र र धर्मनिरपक्षको सधै सम्मान हुनुपर्छ।

अखण्ड रहिरहोस् हिमाल पहाड तराई देश यो,
संसारभरीमा नेपाली विरहरूकै उखान हुनुपर्छ।

चर्चामा

सम्बन्धित समाचार