बिहिबार, मंसिर ६, २०८१
  • होमपेज
  • देश
  • एसियन गेम्समा पुरुष भलिबलको पहिलो खेलमा नेपाल बहराइनसँग पराजित

एसियन गेम्समा पुरुष भलिबलको पहिलो खेलमा नेपाल बहराइनसँग पराजित

  • मङ्लबार, अशोज २, २०८०
एसियन गेम्समा पुरुष भलिबलको पहिलो खेलमा नेपाल बहराइनसँग पराजित
नेपाली टिम । फाइल तस्वीर

काठमाडौं — एसियन गेम्स अन्तर्गत नेपालको पुरुष भलिबल टिम पहिलो खेलमा बहराइनसँग ३–१ सेटले पराजित भएको छ ।

पहिलो सेट जिते पनि त्यसपछि लगातार ३ सेट हारेपछि नेपालले पहिलो खेलमा नै हार बेहोरेको हो ।

पहिलो सेट २५–२० ले जितेको नेपाल त्यसपछि २०–२५, १८–२५ र १५–२५ ले पछि परेको हो ।

नेपालले दोस्रो खेल बुधबार इरानसँग खेल्नेछ । इरानसँगको खेल खेल पनि हारेमा नेपाल प्रतियोगिताबाट बाहिरिने छ ।

चीनको हाङझाउमा आउँदो शनिबार एसियन गेम्सको उदघाटन हुने भए पनि भलिबलसहितका केही समूहगत खेल भने त्यसअघि नै सुरु भएका हुन् ।

चर्चामा

सम्बन्धित समाचार