मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • यो देशको रक्षक भनि चुनेका नेताहरू

यो देशको रक्षक भनि चुनेका नेताहरू

  • मङ्लबार, अशोज २, २०८०
यो देशको रक्षक भनि चुनेका नेताहरू

दलितले मुर्ति बनायो र मन्दिर बनायो,
उसैले यो देशकै सुन्दर तस्विर बनायो।

साँचैभन्दा इमान धर्मले गरिबहरूलाई,
धनिकै आश्रृतमा पल्ने फकिर बनायो।

मिर्गौला बचेर औलाद पढायो बा बाले,
छोराले बालाई बाँधने जञ्जिर बनायो।

यो देशको रक्षक भनि चुनेका नेताहरू,
आफ्नै देशलाई बन्दक आखिर बनायो।

गौँथलीलेपनि सुन्दर घर बनाएको हुन्छ,
साँच्चै देशका सपुतले सधै भिर बनियो।

कसैले खञ्जर बनायो र कसैले खुकुरी,
आमालाई छियाछिया पार्ने तिर बनायो।

चर्चामा

सम्बन्धित समाचार