आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगा नगरपालिका कर्मचारीले नियम बिपरित २४ लाख संचार खर्च

बुढिगंगा नगरपालिका कर्मचारीले नियम बिपरित २४ लाख संचार खर्च

  • मङ्लबार, अशोज २, २०८०
बुढिगंगा नगरपालिका कर्मचारीले नियम बिपरित २४ लाख संचार खर्च

बाजुरा– बुढिगंगा नगरपालिकाका कर्मचारीहरुले स्थानिय सरकार संचालन ऐन बिपरित रिर्चाज खर्च लिएको पाइएको छ । नगरपालिकाका पदाधिकारी र कर्मचारीहरुले नियम बिपरित रिर्चाज खर्च वाफत २४ लाख २६ हजार ४ सय ५ रुपैया लिएको पाईएको हो । सो रकम कार्यालय प्रयोजनका अतिरिक्त केही जनप्रतिनिधी र कर्मचारीहरुले रिर्चाज खर्च वाफत लिएको महालेखा परिक्षकको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
बिभिन्न तहका कर्मचारी तथा पदाधिकारीहरुलाइ कानुन बनाएर सो खर्च दिनु पर्ने भए पनि सो कुरा नभएको महालेखा परिक्षकको बार्षिक प्रतिबेदन २०७८/०७९ मा उल्लेख गरिएको छ । नगरसभाबाट पनि त्यस्तो सुबिधा दिने निणर्य नभएरै रकम दुरुपयोग गरेको महालेखा परिक्षकको बार्षिक प्रतिबेदनमा उल्लेख गरिएको छ ।

No description available.
सार्वजनिक खरिद ऐन बिपरित कार्य गरेको पाइएको छ । महालेखा परिक्षकको बार्षिक प्रतिबेदन २०७८/०७९ मा सो कुरा उल्लेख गरिएको छ । पालिकामा प्राप्त अनुदान तथा सहयोग गरिएको रकमहरु कुनै पनि रकम सुत्र प्रणालीमा समाबेश गर्नु पर्ने भए पनि बुढिगंगा नगरपालिकाले सो नगरेको प्रतिबेदनमा उल्लेख गरिएकाे छ ।
सार्बजनिक खरिद नियमावली स्थानीय सरकार ऐन, २०७४ को दफा १०२ अनसुार स्थानीय तहहरुले आफ्नो अधिकार क्षेत्र भित्रका विषयमा ऐन तथा सो को अधिनमा रही निति निर्देशि, कार्यबिधि र मापर्दण्ड बनाई कार्यान्वयनमा ल्याउन सक्ने व्यवस्था छ । सो ऐन अनुसर कार्य नभएको महालेखाको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
उपभोक्ता समितिबाट सम्पन्न सबै प्रकृतीका कार्यहरुको गुणस्तर परिक्षण नगरेको पाईएको प्रतिबेदनमा उल्लेख गरिएको छ । सार्बजनिक खरिद नियामावालीको नियम १११ (१ङ) सार्वजनिक निकायले खरिद सम्झौता गर्दा त्यसको गुणस्तर परिक्षण र निरिक्षण गर्नु पर्ने ब्यबस्था भए पनि बुढिगंगा नगरपालिकाले सो कार्यान्वयन नगरेको उल्लेख गरिएको छ ।
त्यसै गरि मल ढुवानीमा पनि बेरुजो देखाएको छ ३० दशमलव ६ मेट्रिकटन मल ढुवानीमा १ लाख ६५ हजार २ सय ४० रुपिया खर्च अनियमीत तरिकाबाट खरिद गरेको मलेपको प्रतिबेदनमा उल्लेख गरिएको छ । बिना प्रमाणमा मल खरिद गरिएको प्रमाण संकलन गर्न मलेपले सुझाव दिएको छ ।

 

चर्चामा

सम्बन्धित समाचार