बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • देश
  • एउटा ढुङ्गाको पनि सम्मान हुन्छ

एउटा ढुङ्गाको पनि सम्मान हुन्छ

  • सोमवार, अशोज १, २०८०
एउटा ढुङ्गाको पनि सम्मान हुन्छ

सुरेशकुमार पाण्डे —गजल!

एउटा ढुङ्गाको पनि सम्मान हुन्छ,
वेला/ वेला बगरको उखान हुन्छ।

किन भुल्छन् योगदान मानिसले,
संसारभरी उनैको योगदान हुन्छ।

अंरे अन्तिम समयमा सही भनौ,
सच्चाईको आसमा जहान हुन्छ।

कतै छैन स्वर्ग नर्क भ्रममुक्त बनौं,
अन्तिम संस्कार नै समसान हुन्छ।

स्वर्ग नर्क समाज भित्र हुन्छ यहीँ,
बांकी सबै भ्रमको प्रावधान हुन्छ।

राम्रो बोलौँ देश जनताको पक्षमा,
मानवको जिन्दगी एकथान हुन्छ।

 

चर्चामा

सम्बन्धित समाचार