• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • डोजरे विकासले खेतियोग्य जमिन पहिरोमा, दर्जनबढि बस्ती उच्च जोखिममा

डोजरे विकासले खेतियोग्य जमिन पहिरोमा, दर्जनबढि बस्ती उच्च जोखिममा

  • आइतवार, भदौ ३१, २०८०
डोजरे विकासले खेतियोग्य जमिन पहिरोमा, दर्जनबढि बस्ती उच्च जोखिममा

टेकबहादुर बुढा, बाजुरा— पछिल्लो समय बाजुराका अधिकांश दुर्गम वस्तीहरु सडक सञ्जालमा जोडिएका छन भने केहि जोडिदै छन । तर नयाँ सडक निर्माण गर्दा स्थानीयले जग्गा नदिने, आफु अनुकुलको सडक बनाउन खोज्ने र स्थानियको सहमति विना जथाभावी सडक निर्माण गर्दा विकासको सट्टा विनाश निम्त्याइरहेको देखिन्छ ।

विकास निर्माणका कार्यमा छिटो छरितोका लागि डोजरको प्रयोगले पहिरो जाने लगायतका समस्याहरु बस्तीहरु बिस्तापित हुन थालेका छन । जसका कारण यसको प्रयोग गर्दा कमजोर भिरालो जमिन भएका ठाँउमा जमिन भाँसिएर ठुलो पहिरो लागेर खेतियोग्य जमिन, बस्ती लगायतका क्षेत्रमा क्षेती हुदै आएको छ ।

सडक पुगेपछी सेवा सुबिधा होला भने आशमा रहेका स्थानीय सडकका कारण खेतियोग्य जमिन मासिन थालेपछि चिन्तित मात्रै छैनन् आक्रोश समेत व्यक्त गर्दै आइरहेका छन् । यसरी जिल्लाका विभिन्न ठाँउका सडक खण्डहरु, गाँउको छेउछाउ, नदीको किनार, जङ्गलको बिचमा सडक निर्माण गर्दा वन सम्पदा समेत मासिदै गएको छन । विकासको नाममा सडक निर्माण गरेको भएपनि एकातिर स्थानीयको पेट पाल्ेने खेतियोग्य जमिनसमेत मासिएको छ भने अर्कोतिरवनजंगल सखाप हुदै गएको छ ।

करिव ४/५ वर्ष अघि देखि निर्माण कार्य थालेर काम सम्पन्न भइसकेका सडकपनि वर्षात सुरु हुने बित्तिकै अवरुद्ध हुने गर्दछन । प्रत्येक वर्ष पुनः राज्यको लगानी सोही सडकहरुमा लगाउनु पर्ने स्थिति भएपनि यसको नयाँ विकल्पको खोजिमा कसैको चासो देखिदैन । यसको एक उदारहण बनेको छ, खप्तड छेडेदह ३ को सडक, निर्माण । विना स्टमेट नक्सा र राजनितिक पहुचका आधारमा आफु अनुकुल सडक बनाउने, स्थानीयको सहमति बिना आफ्नो गाउँघर तान्ने स्वार्थले पुरै सडक बिर्गेका यस्ता थुप्रै उदारहणहरुर छन ।

सो ठाउँको सडक विःस २०७६ सालमा मालझुली बजारदेखि सडक निर्माण सुरु भएको थियो । त्यसपछि निर्माण भएको सडकको करिब पाँच बर्ष बित्न लाग्दा समेत अहिलेसम्म मर्मत हुन सकेको छैन । हाल उक्त सडक मालझुली बजार हुदैँ गाउँपालिका सम्म भने जोडिसकेको छ ।
उक्त सडक खण्डको अन्य ठाउँमा केहि राम्रो सवारी साधन सहजै आवत जावत गर्न सक्ने खालको भएपनि धनाल्तमा भने रातारात जथाभावी डोजरको प्रयोगले जग्गा जमिन तथा जङगलको फडानी मात्रै भएको देखिन्छ ।

जहाँ चार बर्षदेखि मर्मतका नाममा डोजर मात्रै लगाउने काम भइरहेको स्थानियले बताएका छन । सडक निर्माण सुरु भएको करिब ६ बर्ष बित्नै लाग्दा पनि नियमित रुपमा सवारी साधन नचल्लने गरेको स्थानियको भनाइ रहेको छ ।

No description available.
वडा कार्यालयको आसपासमा त दुई तिन सडक काटेका छन । एक ठाउँमा नभए अर्को ठाउँमा डोजरको प्रयोगले सडक बनाएर जमिन मासेर बर्खायाममा पहिरो लगाउने नियत भएको स्थानियहरुले आरोप लगाएका छन । यसले गर्दा एकतिर जमिनका साथै वन जङगल अनावश्यक रुपमा मासिएको स्थानियले बताए । सोहि ठाउँमा बर्षायमको अबिरल बर्षाले पहिरो लागेर खेतियोग्य जमिन पहिरोमा परिणत भएको स्थानियको भनाइ रहेको छ । यसले गर्दा त्यस क्षेत्र आसपासका वस्तीहरुसमेत उच्च जोखिममा परेका छन ।

No description available.
एउटै सडकका लागि जथाभावी डोजर लगाएर खन्दा बर्षेनी खेतियोग्य जमिनमा ह्रास आउनुका साथै बर्षायमको अबिरल बर्षाले खेतियोग्य जमिन पहिरोमा परिणत हुदै गएकोमा पिडित स्थानियको दुखेसो छ । उक्त वडाबाट पालिकासम्म जोड्ने ग्रामिण सडकको पाँच बर्ष बितिसक्दा पनि मर्मत तथा विस्तार हुन नसक्नु लज्यास्पद कुरा भएको स्थानिय बताउँछन ।

नेपाल संघियतामा गएको करिब सात बर्ष वितिसक्दा पनि उक्त वडामा विकासका पुर्वाधारले गति लिन सकेको छैन । वडामा सडक सञ्जालको विकास तथा विस्तार हुन नसक्दा त्याँहाका नागरिकहरुलाई आवतजावतका साथै सामान्य उपचारका लागि जान समेत सास्ती खेप्नु परिरहेको स्थानिय विरबहादुर बुढाले बताएका छन । उक्त वडाका धनाल्त, टुनिसैन लगायतका वस्तीहरु बर्षौदेखि पहिरोको चपेटामा छन ।

No description available.
उक्त वडा गाउँपालिकाका अरु वडाभन्दा भौगोलिक रुपमा तथा विकासका दृष्टिले पिछडिएको वडा हो । वडामा राजनिति प्रति सर्वसाधारणको बुझाइ र अशिक्षित नागरिक समाजले गर्दा हरेक कुरामा अगाडि बढ्न नसकेको वडाका अगुवाहरुको भनाइ रहेको छ । सम्पूणर् राजतिक दलहरु एक ठाउँमा उभिएर समग्र वडाको विकास र परिवर्तनका लागि राजनिति भन्दा माथि उठेर सबैलाई निश्पक्ष रुपमा व्यवहार गर्दै विकास निर्माणका काममा खट्नु पर्ने उनिहरुको भनाई छ ।

No description available.
त्यँहाका सरोकारवाला तथा जनप्रतिनिधिहरुले नागरिकहरुका आवश्यकता, सेवा सुविधा र विकासलाई राजनितिभन्दा माथि उठेर काम गर्नसके विस्तारै परिवर्तन हुदै जाने सर्वसाधारणको भनाई रहेको छ । गत बर्ष भएको स्थानिय तहको निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित भएका बिर्क बहादुर रावतले भने पाँचबर्षिय कार्यकालमा राजनितिभन्दा माथि उठेर वडाको समग्र विकासका लागि रातदिन जनताको कामका खटिने बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार