बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • खराब राजनीतिपनि होइन लोभले बद्नाम भयो

खराब राजनीतिपनि होइन लोभले बद्नाम भयो

  • शुक्रबार, भदौ २९, २०८०
खराब राजनीतिपनि होइन लोभले बद्नाम भयो

आफुलाई नेता होइन साहित्यकार बाट चिनाऊँ,
जनतामाझ राम्रो बिचार र व्यवहार बाट चिनाऊँ।

खराब राजनीतिपनि होइन लोभले बद्नाम भयो,
आफु नै देशभक्त बनौँ बेग्लै त्यो धार बाट चिनाऊँ।

च-ेगुएवारा र मेक्सिम गोर्की सँगपनि लिऊँ सिक्षा,
आफुलाई आमूल परिवर्तनकै संघार बाट चिनाऊँ।

देख्यौँ फलामले नै फलाम काट्छ बनाए धार छुट्टै,
समाज बदल्ने मन् भए त्यो हतियार बाट चिनाऊँ।

नेताको भाषनमा भन्दा ताकत छ कविकै शब्दमा,
उदाउँ कलम लिएर आफुलाई संसार बाट चिनाऊँ।

मानसिक अपाङ्गा होइन पारिजात र झमक बनौँ,
संसारलाई रातो लालटिनको बिचार बाट चिनाऊँ।

चर्चामा

सम्बन्धित समाचार