मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • देश
  • बैतडीको एक विद्यालयमा अज्ञात समूहद्वारा आगजनी

बैतडीको एक विद्यालयमा अज्ञात समूहद्वारा आगजनी

  • बिहिबार, भदौ २८, २०८०
बैतडीको एक विद्यालयमा अज्ञात समूहद्वारा आगजनी

बैतडी —बैतडीको एक सामुदायिक विद्यालयमा अज्ञात समूहले आगजनी गरेको छ। जिल्लाको दशरथचन्द नगरपालिका–६ थालिगडामा रहेको कालिका माविमा मंगलवार राति आगजनी गरिएको हो।

विद्यालयका कागजात कोठा भन्दा बाहिर लगेर आगजनी गरेको उक्त विद्यालयका प्रधानाध्यापक पदमराज लेखकले बताए। मंगलबार राति विद्यालयको अफिसको ढोका फुटालेर भित्र रहेका कागजपत्र ग्यालरीमा ल्याएर जलाएको उनले बताए। बुधबार बिहानमात्रै कागजपत्र जलाएको थाहा पाएको प्रधानाध्यापक लेखकले बताए।

आगजनीबाट सर्टिफिकेट, मार्कसिट, बैंकमा दाखिला गरेका भौचर, हाजिरी रजिष्टर, दर्ता चलानी लगायतका महत्वपूर्ण कागजपत्र समेत नष्ट गरिएको छ। कसले र किन आगजनी गरे भन्ने कारण भने खुल्न सकेको छैन्।

यस्तै विद्यालय नजिक रहेको उद्धवसिंह कार्कीको किराना पसलमा पनि चोरी भएको छ। पसलबाट ९ हजार ३ सय बराबरको धनमालको चोरी भएको छ।

विद्यालयमा आगजनी गरिएको र पसलमा चोरी भएकोमा प्रहरीमा छुट्टाछुट्टै निवेदन परेपछि अज्ञात समूहको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।

चर्चामा

सम्बन्धित समाचार