• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • बाजुरामा किराले मार्सेबालीमा क्षेति गरेपछी किसानहरु चिन्तित

बाजुरामा किराले मार्सेबालीमा क्षेति गरेपछी किसानहरु चिन्तित

  • बुधबार, भदौ २७, २०८०
बाजुरामा किराले  मार्सेबालीमा क्षेति गरेपछी किसानहरु चिन्तित

टेकबहादुर बुढा–  बाजुराका विभिन्न ठाउँमा लगाइने मार्से (लट्टे) बाली कागेकिरा नामक जीवले नष्ट गर्न थालेको छ । मार्सेबाली (लट्टे) पाक्ने समय नजिकिदै लाग्दा कागेकिराले बारीमै नष्ट गर्न थालेको कृषकहरुले बताएका छन । मार्सेबालीमा यो किराले आक्रमण गरेको एक दुई दिनमै पुरै बारी खाएर नष्ट गर्ने गरेको खप्तड छेडेदह गाउँपालिका ३ का स्थानिय कृषक टिकबहादुर रावतले बताएका छन । उनले भने मैले करिब एक बोरा बिउ छरेर ठुलो मात्रामा मार्से लगाए तर एक्कासी किरा लागेर दुईदिनमै सखाप पारेको बताए । मेहनत गरेर लगाएको मार्सेबाली एक्कासी किरा लागेर नष्ट गरेपछि कृषकहरु चिन्तित बनेका छन ।
रैथाने बालीको रुपमा रहेको मार्सेबालीलाई कम मिहिनेत गरेर सुख्खा ठाउँमा पनि सहजै उत्पादन गरेर सजिलै भित्र्याउन सकिने भएकाले कृषकहरुले यो बाली लगाउने गरेको कृषकहरु बताउँछन । बाजुराका अधिकांश भेगमा लगाइने मार्सेबालीलाई अति वा अनावृष्टि भई खाद्यान्न उत्पादन कम भएका बर्षहरुमा अनिकाल टार्ने मुख्य बालीका रुपमा पनि लिने गरिन्छ । उक्त किराको संक्रमणबाट जिल्लाभर मार्सेबालीमा करिब १० प्रतिशत जति क्षेति भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।
यो बाली पाक्ने समयमै कागे नामक किरा सक्रिय भएर खान थाल्ने भएकाले यसको तत्काल नष्ट गर्न कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मिनप्रसाद जैशीले अनुरोध गरेका छन ।
मार्सेबालीमा उक्त किरा देखा पर्नासाथ सम्भव भएमा हातले टिपेर मार्ने वा नजिकैको कुषि विकास शाखा तथा कृषि ज्ञान केन्द्रमा सम्र्पक गरेर बिषादी लिई छर्न पनि उनले आग्रह गरेका छन । बाजुरामा १० हेक्टर क्षेत्रफलमा मार्सेबालीको खेति गरिदै आएको छ । त्यस्तै जिल्लामा करिब ८ मेट्रिकटन मार्सेबाली उत्पादन हुदै आएको कृषि ज्ञान केन्द्र बाजुराको तथ्याकंकमा उल्लेख गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार