• होमपेज
  • बडिमालिका
  • दशै तिहारहरुको मुखैमा बाजुरा खाध्य संस्थानमा चामल सकियो

दशै तिहारहरुको मुखैमा बाजुरा खाध्य संस्थानमा चामल सकियो

  • सोमवार, भदौ २५, २०८०
दशै तिहारहरुको मुखैमा बाजुरा खाध्य संस्थानमा चामल सकियो
फाइल तस्बिर

बाजुरा– जिल्ला सदरमुकाम समेत रहेको खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड बाजुरा शाखामा चामल सकिएको छ । े जिल्ला सदरमुकाम मार्तडीको डिपोमा भदौ २४ गते देखि चामल सकिएर सुचना टाँस गरि गोदाममा ताला लगाएको छ । दुर्गमका डिपोमा ५ महिना देखि चामल अभाब रहेको छ भने जिल्ला सदरमुकाम मार्तडीको डिपोमा भदौ २४ गते देखि चामल सकिएर सुचना टाँस गरि गोदाममा ताला लगाएको छ । पत्रमा लेखिएको छ खाद्यन्न डिपोमा रहेको मौज्दा चामल सकिएको हुदा खाद्यन्न प्राप्त नभएसम्मका लागि विक्रि बितरण कार्य बन्द भएको ब्यहोरा सर्व साधारणमा जानकारी गराईएको छ । मार्तडी डिपोमा १ सय कुन्टल,कारागारका कैदिबन्दिका लागि मात्र छ भने कोल्टि डिपोमा ३ सय कुन्टल चामल मौजात रहेको छ । त्यो पनि एक हप्तासम्मका लागि मात्र पुग्ने त्यसपछि कोल्टि डिपोमा पनि ताला लगाउनु पर्ने अवस्था हुने खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड बाजुराले जनाएको छ ।
खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड बाजुरा शाखा प्रमुम मेखराज ओझाका अनुसार ठेक्का वोलपत्र आह्वान साउन २१ गते सकिएको हो । त्यसपछिको प्रकृया चलिरहेको छ । यस्तै ढिला सुस्ती हो भने दसैसम्म पनि चामल आउन नसक्कने ओझाले बताए ।
बाजुराको हिमाली गाउँपालिकामा खाद्यन्न संकट भएको ५ महिना बढी भयो । हिमाली गाउँपालिकाको कवाडी अस्थायी डिपोमा गत आर्थिक बर्षको चामल जेठमा सकिएपछि ५ महिना देखी खाद्य संकट भएको हिमाली गाउँपालिका ३ का स्थानिय धनलाल रोकायाले बताएका छन् ।
ढुवानी अनुदानको चामल डिपोमा नभएपछि हिमाली गाउँपालिका १, २ र ३ को बिच्छँया, गाउँपालिकाकै ४ र ५ को रुगीनमा खाद्य संकट भएको हो । त्यस्तै हुम्लाको ताजाकोट गाउँपालिकामा समेत संकट भएको छ । हिमाली गाँउपालिका १ बिच्छयाँका धर्मलाल रोकाया दुुई दिन लगाएर कुवाडी अस्थाई डिपोमा चामल किन्न पुुगे, तर डिपोमा एक दाना पनि चामल नपाएपछि बजारको महँगो चामल किनेर घर फिर्ता भएका छन् ।
आर्थिक बर्षमा ०७९/०८० मा कुवाडी डिपोमा ३५ सय कुन्टल रहेको थियो । कोटाको चामल जेठ महिनामै सकिएपछि डिपोमा एकदाना पनि चामल नरहेको खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख ओझाले वताएका छन् ।
०८०/०८१ मा कुवाडी डिपोका लागि २५ सय कुन्टल कोटा रहेको छ । उक्त चामल ढुवानी ठेक्का प्रक्रियामा रहेकाले चामल आउने अहिले कुनै टुङ्गो नभएको प्रमुख ओझाले बताए । कुवाडी डिपोमा चामल भए मोटो चामल प्रति किलो ५२ मा उपभोक्ताले पाउने गरेका थिए । तर बजारमा त्यहि चामल प्रति किलो ८० रुपैयाँमा हालेर किन्नु परेको छ ।
साबिकको बिच्छयाँ गाबिसमा मात्र ४ हजार जनसंख्या रहेको छ, सबै घरमा खाद्य संकट भएको वताए । स्थानिय उत्पादनले बर्षमा दुई महिना पनि खान नपुग्ने गरेको छ । हिमाली गाँउपालिका बाजुराको सर्वाधिक बिकट गाँउपालिका हो, यो गाँउपालिकाको टाढाको गाँउ पुग्न सदरमुकाम मार्तडीबाट एक साता लाग्ने गरेको छ ।
त्यस्तै स्वामीकार्तिक गाउँपालिकामा रहेको मुक्तिकोट अस्थायी बिक्रि केन्द्रमा पनि चामल सकिएको ४ महिना पुगेको स्वामीकार्तिक खापर गाउपालिका अध्यक्ष भरत रोकायाले बताए । गत आर्थिक बर्षको ५ सय कुन्टल चामल जेठ अन्तिममै सकिएको थियो, यो आर्थिक बर्षको चामल ५ कुन्टल कोटा रहेको तर ढुवानी ठेक्का प्रक्रियामा रहेको खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड बाजुरा शाखाले वताएको छ । प्रकृया कहिले सकिने हो कहिले चामल दुवानी हुने हो एकीन नभएको खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड बाजुरा शाखा प्रमुख मेखराज ओझाले बताए

चर्चामा

सम्बन्धित समाचार