शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • समाचार
  • बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, २५ जना घाइते

बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, २५ जना घाइते

  • शनिबार, भदौ २३, २०८०
बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, २५ जना घाइते

बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको । गएराति बाँकेको राप्तिसोनारी गाउपालिका– ८ शमशेरगन्जमा भएको दुर्घटनामा २५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारीअनुसार ना७ख २३२१ नम्बरको बस ना४ख ६४०५ नम्बरको रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा ठाकुरबाबा– ७ का साधुराम थारु, वडा नम्बर ८ का जुगबहादुर चन्द, वडा नम्बर ९ का काँशिराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारु, वडा नम्बर र पहिचान नखुलेका बसका कर्मचारी एक पुरुष रहेको प्रहरीले जनाएको छ । बसमा ४० जनाभन्दा बढी यात्रु सवार रहेको बताइएको छ ।

घाइतेको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । बस दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार