बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कोही जिवित नै छैनन् (गजल)

कोही जिवित नै छैनन् (गजल)

  • बुधबार, भदौ २०, २०८०
कोही जिवित नै छैनन् (गजल)

जिन्दगी थोरै शंङ्घर्षमय सफर हुन्छ,
टुङ्गिन थाल्दा झनै जिउँने रहर हुन्छ।

तिरो मेरो र लोभ लालच सबै टुङ्गियो,
गनतव्य सबैको मसान घाट घर हुन्छ।

आफु सधै भ्रममा परे बिउ छोडे याहाँ,
र त साँचो भन्दा कुरितीकै कदर हुन्छ।

कतै स्वर्ग छ भने बोली र व्यवहार मा,
माटोमै मिल्छ सरिर रित्तो बगर हुन्छ।

घमण्ड त्यो पनि त लुटेको धनमा गर्दा,
प्रष्टै देखिन्छ प्रमाण दर्पण अधर हुन्छ।

कोही जिवित नै छैनन् हाम्रा पूर्वजहरू,
मर्ने पक्कैहो सबै,किन मनमा डर हुन्छ।

चर्चामा

सम्बन्धित समाचार