सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • देश
  • एमाले लुम्बिनी प्रदेश अधिवेशन : सचिवमा आचार्य निर्विरोध

एमाले लुम्बिनी प्रदेश अधिवेशन : सचिवमा आचार्य निर्विरोध

  • सोमवार, भदौ १८, २०८०
एमाले लुम्बिनी प्रदेश अधिवेशन : सचिवमा आचार्य निर्विरोध

बुटवल —नेकपा एमाले लुम्बिनी प्रदेशको सचिवमा लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका छन् । उनीसँगै सचिव पदका मनोनयन दर्ता गराएका सोमनाथ सापकोटाले सोमबार उम्मेददारी फिर्ता लिएपछि आचार्य निर्विरोध भएको एमालेले लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुख डी आर घिमिरेले रातोपाटीलाई जानकारी दिए ।

उनले निर्वाचन प्रक्रृयासँगै सहमतिको प्रयास पनि जारी रहेको जानकारी दिए । दाङ जिल्लाका आचार्यले यसअघि पनि एमाले लुम्बिनी प्रदेशको सचिवको रूपमा काम गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार