बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • युवा बिहिन भयो देश सडकमा वृद्धा र महिँला

युवा बिहिन भयो देश सडकमा वृद्धा र महिँला

  • सोमवार, भदौ १८, २०८०
युवा बिहिन भयो देश सडकमा वृद्धा र महिँला

देशभित्रका बुद्धिजिवी बुद्धिहिन भए केलाग्छ,
सरकार आफै बिदेशीको अधिन भए केलाग्छ।

नाडी छाम्दै आयो साम्राज्यावादी हाम्रो देशमा,
इनै नेता नै एजेन्ट भएको एकिन भए केलाग्छ।

युवा बिहिन भयो देश सडकमा वृद्धा र महिँला,
बिरोधी आन्दोलन कै धुन मलिन भए केलाग्छ।

देश पुग्यो बिदेशीको हातमा छ लगाम नेताको,
त्यो देशभक्ती अभिनय एकछिन भए केलाग्छ।

जो चोर उसैलाई दिन्छन् र ढुक्क पर्छन् चाबी,
भ्रष्टाचारी नै छानबिनको अनमिन भए केलाग्छ।

रहन सहन भेषभुसाले देश चिनाउँछन् आफ्नो,
अंग्रेज बन्दै देशको भाषामा घिन भए केलाग्छ।

चर्चामा

सम्बन्धित समाचार