बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • कला /साहित्य
  • ऊ भक्षक बन्यो देशकै लागि डर बन्यो

ऊ भक्षक बन्यो देशकै लागि डर बन्यो

  • आइतवार, भदौ १७, २०८०
ऊ भक्षक बन्यो देशकै लागि डर बन्यो

जनताले मन्त्री बनाए ऊ तस्कर बन्यो,
आफ्नो देशको लागि त्यो जहर बन्यो।

भोट दिए देश र जनताको रक्षक ठानी,
ऊ भक्षक बन्यो देशकै लागि डर बन्यो।

शहीद भए बलिचडे गणतन्त्रका लागी,
त्यो व्यवस्था पनि देशभित्र गदर बन्यो।

हामिले सधै जनता जगाउँन हाँक पार्यौँ,
आज हाम्रो देशनै बिदेशमा निर्भर बन्यो।

साम्राज्यवादले बनाउँछ बम बारूद् सधै,
उस्को तुँवालोमा दुर्गन्द धर्ती सगर बन्यो।

कसैले बगाए रगत कसैले बगाए पसिना,
धेरै खुन पसिना मिसाए र थोरै घर बन्यो।

चर्चामा

सम्बन्धित समाचार