बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाज
  • हिमालीका दिल कुष्ठरोग लागेको भन्दै घरपरिवार र समाज बाट तिस्कार

हिमालीका दिल कुष्ठरोग लागेको भन्दै घरपरिवार र समाज बाट तिस्कार

उपचार खर्च नहुँदा मृत्युसंग लड्दै

  • आइतवार, भदौ १७, २०८०
हिमालीका दिल कुष्ठरोग लागेको भन्दै घरपरिवार र समाज बाट तिस्कार

बाजुरा– बाजुराको हिमाली गाउँपालिका ३ युनाका ३२ बर्षका दिल बहादुर रोकाया पैसा नहुदा ५ बर्ष देखि रोग पालि रहेका छन् । काठमाडौ तथा सुबिधा सम्पन्न अस्पतालमा आउने पैसा नहुँदा कुष्ठरोग जस्तो देखिने रोग ५ बर्ष देखी पालि रहेका छन ।
रोकायाको हात र खुट्टामा औलाहरु कुहिएर झरिसकेका छन् । बिस्तारै रोग माथि माथि फैलिरहेको छ । कुष्ठरोग हो वा क्यान्सर हो जाँच गरेपछि मात्र थाहा हुने स्थानिय अर्जुन बहादुर रोकायाले वताएका छन् । उनको आर्थिक नहुदा मृत्युलाई कुरेर बसेका अर्जुनले वताएका छन् । गाउँमा कुष्ठरोग (कोड रोग) लागेको भन्दै घरपरिवार र समाज बाट तिरस्कार भएका छन् ।
दिलको हातका दशै औलाहरु पाकेर पिप जमेको छ । त्यस्तै खुट्टाका औला पनि पाकेका छन् । रोग देखा परेपछि ससुराली घरज्वाइ बसेका दिल ससुराली बाट नै अपहेलित भएका थिए । उनलाइ ससुराली बाट नै निकालिएको थियो । घर ज्वाइ बसेका दिल आफ्नो जन्मघर फर्केपनि त्यहाँ उनलाइ कोड रोग (कुष्ठरोग) लागेको भन्दै तिरस्कारमा परेको स्थानिय अर्जुन रोकायाले वताएका छन् ।
उनि अहिले उपचार सहयोगका लागि बाजुराको सदरमुकाम मार्तडीमा भौतारिरहेका छन् । उनि कहिले कता कहिले कता गएर बस्ने गरेका छन् । कुष्ठरोग हो वा अन्य कुनै रोग हो चेकजाँचमा जान पैँसा नहुँदा रोग पाल्न बाध्य भएका छन् । बर्षौदेखि हातखुट्टामा घाउ भएपछि हातखुट्टा चलाउन दिल बहादुरलाइ मुस्किल छ । मान्छे भएर बाँच्न पाउने सामान्य अधिकार पनि उनले पाएका छैनन् । उपचार त के उनले दैनिक पेटभर खान समेत नपाउने गरेका छन् । हातखुट्टामा घाउ भएपछि ज्याल मजदुरी गर्न पनि समस्या भएको दिल बहादुरले वताएका छन् ।
उनि सानै हुँदा उनका बुवा रुख बाट लडेर मृत्यु भएको र आमाको सर्पले टोकेर मृत्यू भएपछि उनि एक जना भोटेका भेडा चराउने काम गरेर गुजारा गर्दै आएका थिए । हात र खुट्टाका औँलाहरुमा घाउ भएपछि उनलाइ कुष्ठरोगी भनेर गाउँमा बस्न पनि नदिने गरेको उनले बताए । उनले जिल्ला अस्पताल बाजुरा, डडेलधुरा अस्पताल भारतमा समेत उपचारका लागि गए तर कतै सम्भव नभएको वताएका छन् । उनलाई यो रोगबाट ग्रसित भएको ५ बर्ष भयो आफन्तहरुले सहयोग गरेको सबै पैसा सकिएपछि उनि अहिले बाजुराको सदरमुकाममा उपचार गराइदिन भिख मागिरहेका छन ।
हात र खुट्टा सबै औलाहरुमा घाउ भएकाले आफु काम गर्न नसक्ने, अव मर्नु बाहेक मेरा लागि कुनै उपाए नभएको दिल बहादुर रोकायाले बताए । उनले मलाइ उपचार गरी सहयोग गरिदिन सहयोगी हातहरुको खोजीमा भौतारीरहेका छन । “उनले भने हात र खुट्टामा घाउ भए, पनि पेटले खान खोज्छ तर कुनै दिन त खाना पनि पाउँदैन” । घरमा आफ्नो भन्नु कोही पनि छैन सानै हुदा बुवा आमाको मृत्यु भयो दाजु भाइ कोही पनि छैनन उनले रुदै भने । बाच्नेँ कुनै आधार नभएपछि कुनै दिन बिरक्तीएर आत्मदाह गर्न मन लाग्छ उनले भने ।
आफु गरिव परिवारमा जन्मीएकै कारण मैले पशु मरे जस्तै हुनुपर्ने बाध्यता रहेको रोकाया बताउछन । आफु पिडीत छु उपचारका लागी कसैले सहयोग गरेमा बाँच्न सक्ने आशामा रहेको उनले बताए । बचाउनलाई अव कुनै उपाय छैन कसैले सहयोग गरेमा बचाउन सकिने थियो उनका आफन्त अर्जुन रोकायाले बताए ।

चर्चामा

सम्बन्धित समाचार