सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • उपचार खर्च नहुँदा मृत्युसंग लड्दै हिमाली ३ का दिलबहादुर रोकाया

उपचार खर्च नहुँदा मृत्युसंग लड्दै हिमाली ३ का दिलबहादुर रोकाया

  • शनिबार, भदौ १६, २०८०
उपचार खर्च नहुँदा मृत्युसंग लड्दै हिमाली ३ का दिलबहादुर रोकाया

बाजुरा– बाजुरा जिल्लाको हिमाली गाउँपालिका ३ युनाका दिल बहादुर रोकाया उपचार गर्ने खर्च नहुदा ५ बर्ष देखी मृत्यसंग लडाई गरीरहेका छन । उमेरले ३२ बर्ष पुगेका रोकायाको हात र खुट्टामा क्यान्सर जस्तै देखीने रोग देखा परेपछी खर्च नहुदा मृत्युलाई कुरेर बसेका हुन । बोली प्रष्ट भएपनि बर्षौदेखि हातखुट्टामा घाउ भएपछि चलाउन दिल बहादुरलाइ मुस्किल छ । मान्छे भएर बाँच्न पाउने सामान्य अधिकार पनि उनले पाएका छैनन् । उपचार त के उनले दैनिक पेटभर खान समेत पाउने गरेका छैनन् ।
उनि सानै हुँदा उनका बुवा रुख बाट लडेर मृत्यु भएको र आमाको सर्पले टोकेर मृत्यू भएपछि उनि एक जना भोटेका भेडा चराउने काम गरेर गुजारा गर्दै आएको उनका आफन्त अर्जुन रोकायाले बताए । हात र खुट्टाका औँलाहरुमा घाउ भएपछि उनलाइ कुष्टरोगी भनेर गाउँमा बस्न पनि नदिने गरेको उनले बताए ।
जव उनि क्यान्सर पिडीत भएर काम गर्न नसक्ने अवस्था आयो गाउँमा आफन्तले केही सहयोग गरे नेपाल र भारतका बिभिन्न अस्पतालमा उपचार गरे तर  समयमै कुन रोग हो भन्ने पत्ता लागेन जव रोग पत्ता लाग्यो पैशा सबै सकिसकेको थियो रोकायाले बताए ।
उनले जिल्ला अस्पताल बाजुरा, डडेलधुरा अस्पताल, आन्नदवन अस्पताल ललितपुर, टिएलएस हस्पिटल भारतमा समेत उपचारका लागि गए तर कतै सम्भव भएन । उनलाई यो रोगबाट ग्रसित भएको ५ बर्ष भयो आफन्तहरुले सहयोग गरेको सबै पैसा सकिएपछि उनि अहिले बाजुराको सदरमुकाममा उपचार गराइदिन भिख मागिरहेका छन ।
हात र खुट्टा सबै औलाहरुमा क्यान्सर जस्तै रोग देखीएकोले आफु काम गर्न नसक्ने स्थानियले गरेको सहयोगबाट उठेको ५ लाख रुपीया समेत उपचारमै सकिएकोले अव मर्नु बाहेक मेरा लागि कुनै उपाए नभएको दिल बहादुर रोकायाले बताए । उनले मलाइ उपचार गरी सहयोग गरिदिन सहयोगी हातहरुको खोजीमा भौतारीरहेका छन । “उनले भने हात र खुट्टामा बिराम भए पनि पेटले खान खोज्छ तर कुनै दिन त खाना पनि पाउँदैन” । घरमा आफ्नो भन्नु कोही पनि छैन सानै हुदा बुवा आमाको मृत्यु भयो दाजु भाइ कोही पनि छैनन उनले रुदै बडिमालिका खवरलाई बताए । बाच्नेँ कुनै आधार नभएपछि कुनै दिन बिरक्तीएर आत्मदाह गर्न मन लाग्छ उनले भने ।
आफु गरिव परिवारमा जन्मीएकै कारण मैले पशु मरे जस्तै हुनुपर्ने बाध्यता रहेको रोकाया बताउछन । गरिब परिवारमा जन्मिएकै कारण अहिले उपचार गर्नलाई आर्थिक नभएकै कारण मृत्यु पर्खेर बस्नुको बिकल्प नभएको बिरामी परेका रोकायाले बडिमालिका खवरलाइ बताए । आफै पिडीत छु उपचारका लागी कसैले सहयोग गरेमा बाँच्न सक्ने आशामा रहेको उनले बताए ।
बचाउनलाई अव कुनै उपाय छैन कसैले सहयोग गरेमा बचाउन सकिने थियो उनका आफन्त अर्जुन रोकायाले बताए । गरिबीकै कारण यस्तो अवस्था आई परेकोले सकिने जती आफुले गरे अव म पनि सहयोग गर्न नसक्ने अवस्थमा पुगे उनका आफन्त अर्जुन रोकायाको भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार