बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • देश
  • जुम्लामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

जुम्लामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

  • आइतवार, भदौ १७, २०८०
जुम्लामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं — जुम्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

आज बिहान पौने ७ बजे नाग्म गमगड राजमार्गको कनकासुन्दरी-४ स्थित ठगुनेरामा भे१ज १०९९ नम्बरको जिप दुर्घटना भएको हो ।

दुर्घटनामा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक उमेश चन्दले जानकारी दिए ।

मृतकको पहिचान भएको छैन । प्रहरी निरीक्षक चन्दका अनुसार गुठीज्यूलाबाट मुगु जादै गरेको उक्त जिपमा अन्य यात्रु थिइनन् ।

जिप सडकबाट करिब तीन सय मिटर तल खसेको छ ।

चर्चामा

सम्बन्धित समाचार