बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • धनगढीमा आयाेजित डेउडा प्रतियोगितामा बाजुराकाे टिम प्रथम

धनगढीमा आयाेजित डेउडा प्रतियोगितामा बाजुराकाे टिम प्रथम

  • आइतवार, भदौ १७, २०८०
धनगढीमा आयाेजित डेउडा प्रतियोगितामा बाजुराकाे टिम प्रथम

बाजुरा–  धनगढीमा सञ्चालित डेउडा प्रतियोगितामा बाजुरेली सेवा समूह प्रथम भएको छ । प्रथम हुने बाजुरेली सेवा समूहलाई नगद २१ हजार, द्वितीय हुने बझाङ्गी महिला समूहलाई नगद १५ हजार र तृतीय हुने कल्पना खड्का समूहलाई नगद ९ हजारका साथै प्रमाणपत्र प्रदान गरिएको छ ।

बाजुराली सेवा समाजका तर्फबाट देउडा खेलाडी शंकर मल्लले नेतृत्व गरेका थिए । मल्ल नेतृत्वको टोलीले प्रदेश स्तरीय प्रतियोगिता जितेको दोस्रो पटक हो । यस अघि पनि प्रदेश स्तरीय देउडा प्रतियोगितामा पनि प्रथम भएको थियो ।

भदौ १४ गते बाट धनगढी उपमहानगरपालिकाको प्राङ्गणमा सञ्चालन भएको प्रतियोगितामा २२ टोलीको सहभागिता रहेको थियो । सुदुरपश्चिम प्रज्ञा प्रतिष्ठान र डेउडा प्रतिष्ठानको संयुक्त आयोजनामा भाषा, साहित्य,कला र संस्कृतिको संरक्षण गर्नु हाम्रो दायित्व हो । भन्ने मुल नाराका साथ २०७३ साल देखि निरन्तर यस्ता कार्यक्रम  गर्दै आएको र २०८० मा ८ औं पटक डेउडा प्रतियोगिता सम्पन्न गरेको सुदूरपश्चिम डेउडा प्रतिष्ठानले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार