शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • देश
  • बागमती प्रदेशले सबै जिल्लामा प्रादेशिक कार्यालय खोल्ने

बागमती प्रदेशले सबै जिल्लामा प्रादेशिक कार्यालय खोल्ने

  • शनिबार, भदौ १६, २०८०
बागमती प्रदेशले सबै जिल्लामा प्रादेशिक कार्यालय खोल्ने

काठमाडौं — बागमती प्रदेश सरकारले प्रदेशका सबै १३ वटै जिल्लामा प्रादेशिक कार्यालय खोल्ने भएको छ ।

यसका लागि बजेट र कर्मचारी व्यवस्थापनको काम अघि बढिसकेको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार एकीकृत प्रादेशिक कार्यालय दशैं अगावै सञ्चालनमा ल्याउने तयारी छ ।

‘जिल्लामा बागमती प्रदेशको संरचना नै छैन । संरचना नहुँदा कि संघीय सरकारको सहयोग लिनपर्‍यो कि स्थानीय तहको’ उनले भने, ‘अब आफ्नै संरचना बनाउने र अगाडि जाने तय भएको छ । एकीकृत सेवा प्रवाह गर्नका लागि १३ वटै जिल्लामा एकीकृत कार्यालयको अवधारणा अन्तर्गत ओएनएम गरिसकेका छौं । दशैं अगावै एकीकृत कार्यालयहरु सञ्चालनमा लाँदैछौं ।’

बागमती प्रदेशले गत वर्ष ७२ अर्ब रुपैयाँको बजेट ल्याएको थियो । चालू आर्थिक वर्षमा भने करिब ६२ अर्ब रुपैयाँको ल्याएको छ । प्रदेशको बजेट कार्यान्वयन गर्नका लागि कर्मचारी र आवश्यक संरचना समेत नभएको उल्लेख गर्दै उनले त्यसका लागि प्रादेशिक कार्यालय खोल्न लागिएको जानकारी दिए ।

मन्त्री श्रेष्ठका अनुसार प्रादेशिक कार्यालयबाट प्रदेशका सबै मन्त्रालयहरुको सेवा एकीकृत रुपमा प्रवाह हुनेछ । कार्यालयका लागि भवनको खोजी गरिराखेको र संघीय सरकारसँग समेत समन्वय भइराखेको पनि उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार