आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • देश
  • पैसा अभाबमा दुई छोराछोरीको रोगपाल्दै सर्लाहीका रबिन्द्र

पैसा अभाबमा दुई छोराछोरीको रोगपाल्दै सर्लाहीका रबिन्द्र

  • शुक्रबार, भदौ १५, २०८०
पैसा अभाबमा दुई छोराछोरीको रोगपाल्दै सर्लाहीका रबिन्द्र

प्रकाश सिंह, काठमाडौ — सर्लाही बह्रमपुर गाउँपालिका ६ पिपरा बस्ने रबिन्द्र रायले आर्थिक अभाबमा दुइ छोराछोरीको उपचार गर्न नसकेर रोग पालि रहेका छन् ।  १४ बर्षको छोरा गौतम कुमार रायको र छोरी रोशनी कुमारी रायको हातमा ट्युमर पलाएको लामो समय भइसकेको रबिन्द्रले वताएका छन् ।

गौतमको बायाँ हातमा ५ बर्ष देखी र रोशनीको दायाँ २ बर्ष देखी हातमा ट्युमर पलाएको थियो । रबिन्द्रले स्थानिय मलङगा अस्पतालमा उपचार गर्न लगेका थिए । धेरै पटक मलङगा अस्पताल लगे प्रत्येक पटक काठमाडौ रिफर गरेको थियो ।

पैसा नहुदा छोराको ५ बर्ष देखी र छोरीको २ बर्ष देखी उपचार गर्न नसकेको रबिन्द्रले वताए । चार छोराछोरी रहेका रबिन्द्रका दुइ सन्तानको हातमा रोग देखापरेपछि उनि उपचारका लागि भौतारिरहेका छन् । रबिन्द्रले स्वास्थ्य बिमा भरेर ट्रमा सेन्टर काठमाडौमा उपचारमा छोराछोरी ल्याएर पुगेका छन् । बिमा भरेर काठमाडौ ल्याए, जे होला होला भनेर ल्याएको हु, तर पैसा नहुदा समस्या भइरहेको उनले वताएका छन् ।

अस्पतालले केही निशुल्क गर्ने भएपनि खान बस्न देखी अप्रेसनमा पैसा लाग्ने भनेपछि उनले सहयोगी दाताहरु खोजिरहेका छन् । रबिन्द्रले भने काठमाडौमा एकछाक खान, पानि किन्ने पैसा समेत आफु सँग नभएको वताएका छन् । रबिन्द्र अति गरिब परिवारमा पर्ने गरेका छन् । उनको सर्लाहीमा चार धुरमा सानो घर मात्र रहेको छ ।

रबिन्द्रको घरमा ८ जना परिवारका सदस्य रहेका छन् । रबिन्द्रले भारतमा ज्याला मजदुरी गरेर परिवार पाल्ने गरेका थिए । छोराछोरीको उपचारमा काठमाडौ आएपछि उनको गाउँमा रहेको परिवारमा खाद्यन्न संकट भएको छ ।

यता छोराछोरीको उपचारमा समस्या अर्कोतिर गाउँमा परिवारलाइ कसरी चिन्ता भएको रबिन्द्रले वताएका छन् । उनका बिरामी छोराछोरीलाई स्थानिय सामाजिक अगुवा सम्सेर रायले काठमाडौ पुगाएका थिए ।

चर्चामा

सम्बन्धित समाचार