बझाङ —बझाङमा जंगली च्याउ खाएका दाजुबहिनीको मृत्यु भएको छ। जिल्लाको जयपृथ्वी नगरपालिका–६ नौराका १२ वर्षीय सुदीप कठायत र ७ वर्षीया एन्जिलाको मृत्यु भएको प्रहरीले जनाएको हो।
सुदीप कठायतकाे जिल्ला अस्पताल बझाङमा उपचार सम्भव नभएपछि बिहीवार राति धनगढी ल्याउदै गर्दा डडेल्धुरामा उनको मृत्यु हाे भने एन्जिलाको बिहीवार नै मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। जङ्गलमा भेटिएको च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका थिए।
आमा पुनी कठाएतको अवस्था सामान्य भएकोले जिल्ला अस्पतालमै उपचार भैरहेको प्रहरीले जनाएको छ।