• होमपेज
  • विचित्र संसार
  • बिहे गरेबापत पुरस्कार दिँदै सरकार, बेहुलीले पूरा गर्नुपर्नेछ यो शर्त

बिहे गरेबापत पुरस्कार दिँदै सरकार, बेहुलीले पूरा गर्नुपर्नेछ यो शर्त

  • शुक्रबार, भदौ १५, २०८०
बिहे गरेबापत पुरस्कार दिँदै सरकार, बेहुलीले पूरा गर्नुपर्नेछ यो शर्त

विश्वका कतिपय देशहरु उच्च जनसंख्याका वृद्धिदरले समस्या झेलिरहेको बेलामा कतिपय देशहरु भने घट्दो जनसंख्याका कारण तनावमा छन् ।

घटिरहेको जनसंख्याका कारण त्रसित देशहरुले भविष्यमा आउने सम्भावित खतराको सामना गर्नका लागि अहिले नै विभिन्न उपायहरु अपनाउन सुरु गरेका छन् ।

चीन पनि पछिल्लो समय घट्दो जनसंख्या वृद्धिदरबाट गुज्रिरहेको छ । विगतमा जनसंख्या नियन्त्रणका लागि एक सन्तान नीति अबलम्बन गरेको चीनले अहिले त्यो नीति त्यागिसकेको मात्र छैन युवायुवतीहरुलाई बिहे गर्न र बच्चा जन्माउनका लागि प्रोत्साहित गरिरहेको छ ।

यसका लागि चीनले पछिल्लोपटक एउटा गज्जबको नियम ल्याएको छ । चीनको चाङसान काउन्टीले युवायुवतीहरुलाई समयमै बिहे गर्नका लागि प्रोत्साहित गर्न पुरस्कारको घोषणा गरेको छ । जस अनुसार बिहे गर्ने दम्पतीलाई पुरस्कारबापत १ हजार युआन नगद प्रदान गरिनेछ । तर यसका लागि बेहुलीले एउटा शर्त पूरा गर्नुपर्नेछ ।

सो शर्त अनुसार बिहे गर्ने बेलामा बेहुलीको उमेर २५ वर्षभन्दा कम हुनुपर्नेछ । साथै यो पुरस्कार पहिलो बिहे गर्नेलाई मात्र प्रदान गरिनेछ ।

युवायुवतीहरुले सही समयमा बिहे गरुन् र बच्चा जन्माउन् भन्नका लागि स्थानीय प्रशासनले यस्तो नियम बनाएको हो । सरकारको तर्फबाट दम्पतिहरुका लागि बच्चाको हेरचाह, प्रजनन तथा शिक्षाका लागि विभिन्न खालका सहुलियतहरु पनि दिइनेछ ।

स्मरण रहोस् चीनमा सन् २०२२ मा बिहे गर्ने दर घटेर ६८ लाख पुगेको छ जुन सन् १९८६ यताकै सबैभन्दा कम हो ।

चीनमा बिहे गर्ने युवायुवतीको संख्या घटिरहेको छ र सोही कारण जन्मदरमा पनि गिरावट आइरहेको छ । यसको एउटा कारण एकल आमाका लागि बच्चाको लालनपालन गर्नमा समस्या हुनु हो । साथै सरकारका नीतिहरुमा यसमा सहयोगी बन्न सकिरहेका छैनन् ।

विश्वमै कम प्रननदर रहेको मुलुकमध्येको एक चीनको प्रजननदर गतवर्ष १.०९ रहेको छ । करिअरमा असर पर्ने डरका साथै महंगीका कारण पनि चिनिया महिलाहरुले कम बच्चा जन्माइरहेका छन् वा बच्चा नै नजन्माउने गरेका छन् । एजेन्सीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार