आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • देश
  • नेपाली क्रिकेट टिमलाई शुभकामना दिँदै बालेनले भनेः हाम्रो सपना पूरा हुँदै छ

नेपाली क्रिकेट टिमलाई शुभकामना दिँदै बालेनले भनेः हाम्रो सपना पूरा हुँदै छ

  • बुधबार, भदौ १३, २०८०
नेपाली क्रिकेट टिमलाई शुभकामना दिँदै बालेनले भनेः हाम्रो सपना पूरा हुँदै छ

काठमाडौं —काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई सफलताको शुभकामना दिएका छन् । उनले एसिया कपको उद्घाटन खेलमा पाकिस्तानसँग खेल्न लागेकोमा बधाई पनि दिएका छन् ।

टीभीमा सोएब अख्तर, शाहीद अफ्रिदी, बाबर आजम, शाहीन अफ्रिदीहरुको खेल हेरेर रमाइने गरेको स्मरण गर्दै उनले तिनै खेलाडीसँग नेपाली खेलाडीले खेल्दै गरेको सपना आज पूरा हुने उल्लेख गरेका छन् ।

मेयर शाहले लेखेका छन् ‘टिभीमा सोएब अख्तर, शाहीद अफरिदी, बाबर आजम, शाहीन अफरिदीहरुको खेल हेरेर रमाइन्थ्यो । विश्वकप विजेताहरुको देश र वरियतामा उपल्लो क्रममा रहेका खेलाडी भएको टिमले सँधै रोमाञ्चकता दिन्थ्यो । सोचिन्थ्यो, नेपाली टोलीले पनि यीनै खेलाडीहरु खेल्दा कस्तो हुन्थ्यो!अफरिदीको योर्करलाई भुर्तेलले कसरी सामना गर्थे होलान् ! सोमपालको बलिङमा बाबर आजमले कसरी कभर ड्राइभ हान्छन् होला ! सन्दिपले रिजवानलाइ कसरी स्पिनमा नचाउँछ होलान् ! यस्ता अविश्वासिला जस्ता लाग्ने कौतुहलता सधै मनमा रहन्थ्यो । यो सपना आज केही समयमा पूरा हुँदै छ । नेपाली सबैलाई गर्व गर्ने ठाउमा पुर्याउने सम्पुर्ण टोलीलाई हार्दिक बधाइ अनि खेलको लागि सम्पुर्ण नेपालीलाई शुभकामना’ ।
जय नेपाल । 

चर्चामा

सम्बन्धित समाचार