सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • देश
  • सुनको मूल्य ८०० रुपैयाँले बढ्यो, प्रतितोला कति पुग्यो ?

सुनको मूल्य ८०० रुपैयाँले बढ्यो, प्रतितोला कति पुग्यो ?

  • बुधबार, भदौ १३, २०८०
सुनको मूल्य ८०० रुपैयाँले बढ्यो, प्रतितोला कति पुग्यो ?

नेपाली बजारमा सुनको भाउ फेरि चम्किन थालेको छ । बुधबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार पनि सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको थियो । उक्त दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार र बुधबार गरी सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले बढिसकेको छ ।

बुधबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ४८५ रुपैयाँ कायम भएको छ । मंगलबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४६५ रुपैयाँमा किनबेच भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार