बाजुरा— बाजुराकाे बडिमालिका दर्शन गर्न गएका कालिकाेटका धनप्रसाद न्यौपानेको मृत्यु भएकाे छ । मङ्गलबार नेपाली सेनाको हेलिकोप्टरद्धारा न्यौपानेको उद्धार गरिएको थियाे । सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका थिए । उनको सुर्खेतमा मृत्यु भएको प्रहरीले जनाएकाे छ । न्यौपानेको उपचारका क्रममा आज दिउँसाे प्रादेशिक अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।
न्यौपानेसंगै उद्धार गरिएकी बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामी जिल्ला अस्पताल बाजुरामा सामान्य उपचार पछि घर फर्किसकेका छन ।