बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • देश
  • बाजुरामा एक बर्षमा ९ जना नवजात शिशुको मृत्यु

बाजुरामा एक बर्षमा ९ जना नवजात शिशुको मृत्यु

चार बर्षको तथ्याङ्क नै भेटिएन

  • मङ्लबार, भदौ १२, २०८०
बाजुरामा एक बर्षमा ९ जना नवजात शिशुको मृत्यु
फाइल फाेटाे

टेक बहादुर बुढा — बाजुरामा एक बर्षको अवधिमा ९ जना नवजात शिशुको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाजुराका अनुसार आर्थिक बर्ष २०७९/८० मा ९ नवजात शिशुको मृत्यु भएको जनाएको छ ।

जसअनुसार सबैभन्दा बढि बुढिनन्दा नगरपालिकामा ६ जना, बडिमालिका नगरपालिकामा १ जना र खप्तड छेडेदह गाउँपालिकामा २ जना नवजात शिशुको मृत्यु भएको तथ्याङ्क छ भने अन्य कुनैपनि पालिकाको सो तथ्याङ्कमा उल्लेख गरिएको छैन ।

स्वास्थ्य कार्यालय अन्तर्गतको स्वास्थ्य सूचना व्यावस्थापन प्रणालीको वेवसाइडमा जिल्ला भरमा मृत्यु हुने नवजात शिशुको सङ्ख्या शुन्य रहेको सूचना अधिकारी जोशीले बताए ।

चार बर्षको समयमा मृत्यु हुने नवजात शिशुको सङ्ख्या शुन्य देखिएको स्वास्थ्य कार्यालय बाजुराका सूचना अधिकारी दिपकप्रसाद जोशीले बताएका छन । आर्थिक बर्ष २०७५ देखि २०७९ सम्ममा शुन्य र आर्थिक बर्ष २०७९/८० मा भने ९ जना नवजात शिशुको मृत्यु भएको जोशीले बताए । उनले भने जिल्लाबाट रेफर गरेको अवस्थामा शिशुको त्यहि मृत्यु भएमा सोहि ठाउँमा गणना हुने गर्छ ।

त्यस्तै विगतका बर्षहरुमा राम्रोसंग इन्टरनेटले काम नगर्दा उक्त तथ्याङ्क इन्ट्री नभएको हुन सक्ने सूचना अधिकारी जोशीले बताए । चार बर्षको समयमा मृत्यु हुने शिशुको सङ्ख्या शुन्य देखिएपनि आर्थिक बर्ष २०७९/८० मा ९ जनाको मृत्यु हुनु भनेको स्वास्थ्य अवस्था कमजोर हुनु हो उनले भने ।

सरकारले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेपनि नवजात शिशुको मृत्यु हुने क्रम भने नरोकिएको स्वास्थ्यकर्मीले बताएका छन ।

गर्भवतीले आफ्नो स्वास्थ्यको राम्रोसंग हेरचाह नगरेमा, हरेक स्वास्थ्य संस्थामा नवजात शिशुको लागि छुट्टै आइसियु बेडको सुविधा नहँुदा, नियमित गर्भजाचँ नगर्ने, स्वास्थ्य सेवाको पहुँचको कमि, पोषण र जनचेतनाको अभावलगायतका कारणले पनि पछिल्लो समयमा नवजात शिशुको मृत्युदरमा कमि नआएको स्वास्थ्यकर्मीको भनाई छ ।

जन्मदेखि नै बच्चाको स्याहारसुसारमा ध्यान, स्वास्थ्यकर्मीसंग परामर्श, हरेक स्वास्थ्य संस्थामा नवजात शिशुका लागि छुट्टै आइसियु बेडको सुविधा, सहज रुपमा स्वास्थ्य सेवाको पहुँच, पोषण तथा खानपानमा ध्यान दिएमा र सरकारले तोके अनुसार चार पटक नियमित स्वास्थ्य जाचँलगायतका कुरामा विशेष ध्यान दिनसके नवजात शिशुको मृत्युदर कम गर्न सकिने स्वास्थ्यकर्मीहरुले बताउने गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार