शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • देश
  • कञ्चनपुरका एक जनाको डेंगु संक्रमणबाट धनगढीमा मृत्यु

कञ्चनपुरका एक जनाको डेंगु संक्रमणबाट धनगढीमा मृत्यु

  • मङ्लबार, भदौ १२, २०८०
कञ्चनपुरका एक जनाको डेंगु संक्रमणबाट धनगढीमा मृत्यु

कञ्चनपुर— कञ्चनपुरका एक जनाको डेंगु संक्रमणबाट धनगढीमा मृत्यु भएको छ।

बेलौरी नगरपालिका–८ पचुइ, स्कूल टोलका २८ वर्षीय हिक्मत खत्रीको डेंगुका कारण मृत्यु भएको हो। अत्यधिक ज्वरो आएपछि उपचारका लागि धनगढी ल्याइएका उनको सोमबारराति मृत्यु भएको छ। रोजगारीको सिलसिलामा भारतमा रहेका उनी एक हप्ता अगाडि मात्रै घर फर्किएका थिए।

बेलौरी नगरपालिका–८ का वडाध्यक्ष विषमराम रानाका अनुसार उपचारका क्रममा खत्रीको धनगढीस्थित नोभा अस्पतालमा मृत्यु भएको हो। एक साताअघि घर आएका खत्रीलाई अत्यधिक ज्वरो आएपछि उनलाई परिवारजनले उपचारका लागि धनगढी लगेका थिए।

भारतबाटै डेङ्गुको सङ्क्रमण भएको वा यहाँ फर्केपछि सङ्क्रमण भएकोबारे जानकारी हुन नसकेको वडाध्यक्ष रानाले बताए।

चर्चामा

सम्बन्धित समाचार