आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • देश
  • खै किन यिनिहरूलाई हत्या हिंसा गर्न रहर लाग्छ

खै किन यिनिहरूलाई हत्या हिंसा गर्न रहर लाग्छ

  • सोमवार, भदौ ११, २०८०
खै किन यिनिहरूलाई हत्या हिंसा गर्न रहर लाग्छ

सुरेशकुमार पाण्डे —गजल!

खै किन यिनिहरूलाई हत्या हिंसा गर्न रहर लाग्छ,
सोजा जनतालाई एउटा चरा मार्नपनि डर लाग्छ।

मलाई सधै ताजुब लाग्छ समाजको ब्यवहार हेर्दा,
हाम्रो देशका जनतालाई किन यिनैको भर लाग्छ।

दुनियाँका देशहरूमा पुग्छौं उनिहरूको भएर रैती,
अनी स्वदेशकै नियम कानुन् मान्न पनि कर लाग्छ।

आफुलाई भौतिकवादी भन्छौं र भैंसीकै पुजागर्छौ,
बिदेशीको इसारामा आफ्नो भत्काएको घर लाग्छ।

युवाशक्तिको भरपुर दोहन गर्छ छिमेकीले सधैभरी,
उसैले रित्ताएको यो देशकै खोला अनी बगर लाग्छ।

जोगी बनी आउँछन् र सम्पत्ती लुट्छन् मिन्दिरको,
सरकारलाई कहिल्यै हुँदैन कानोकान खबर लाग्छ।

चर्चामा

सम्बन्धित समाचार