शुक्रबार, जेष्ठ ११, २०८१
  • होमपेज
  • देश
  • कोशीमा राप्रपाले सभामुख र एक मन्त्रालयको जिम्मेवारी पाउने

कोशीमा राप्रपाले सभामुख र एक मन्त्रालयको जिम्मेवारी पाउने

  • सोमवार, भदौ ११, २०८०
कोशीमा राप्रपाले सभामुख र एक मन्त्रालयको जिम्मेवारी पाउने

काठमाडौं —कोशी प्रदेश सरकारमा राप्रपाले सभामुख र एक मन्त्री पाउने भएको छ । हिजो (आईतबार) प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार तथा विकास समितिको सभापति दिएर सत्ता गठबन्धनले कोशी प्रदेश सरकारमा राप्रपालाई सहभागी गराउन लागेको हो ।

नेकपा (माओवादी केन्द्र) को भागमा परेको उक्त समितिको सभापतिमा अन्तिम समयमा आएर राप्रपाका दीपक सिंहलाई उम्मेदवार बनाइएको हो ।

स्रोतले बताएअनुसार कोशीमा राप्रपालाई सभामुख र एक मन्त्री दिने सहमति बनेको छ । कोशी प्रदेश सभामा राप्रपाका छ जना सांसद छन् ।

यद्यपि कोशी प्रदेश सरकारविरुद्ध नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा दायर गरेको मुद्दा विचाराधीन छ । कोशी प्रदेश सरकारलाई सर्वोच्चले दीर्घकालीन असर पर्ने र नीतिगत निर्णय गर्ने अन्तरिम आदेश दिइसकेको छ ।

कोशी प्रदेशमा मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मतमाथि प्रश्न उठाउँदै रिट परेको हो । रिट निवेदको पक्षमा फैसला आएको खण्डमा पनि कोशी सरकारको अयु ३० दिनकोमात्रै हुने निश्चित छ । कोशी प्रदेशमा राप्रपा निर्णायक शक्तिको रुपमा रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार