सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • देश
  • किन खलबल्लिन्छ हाम्रै समाज सधैभरी

किन खलबल्लिन्छ हाम्रै समाज सधैभरी

  • आइतवार, भदौ १०, २०८०
किन खलबल्लिन्छ हाम्रै समाज सधैभरी

सुरेशकुमार पाण्डे — गजल!

किन खलबल्लिन्छ हाम्रै समाज सधैभरी,
अनैतिक दोहोरो राज्यको काज सधैभरी।

प्रष्ट छैन नीति छुट्टाइन्छ धनी,गरिब, जात,
कतै बिक्छ बिफ कतै गिर्छ गाज सधैभरी।

मानिसहरू निती नियम बनाउँनै नजान्दा,
चल्छ कलम लात लुकाउँन राज सधैभरी।

बदल्नैपर्छ यो व्यवस्था जो छैन जनहितमा,
यसमा बसेर कसरी गरिरहौँ नाज सधैभरी।

राज्यको सानोतिनो भुलले पनि निम्ताउँछ,
जातिय धार्मिक दोन्ध आउ बाज सधैभरी।

इनै नेता त हुँन हिंजो गरू काटेर खानेहरू,
आज पुज्न थाले मनिनन् लाज सधैभरी।

चर्चामा

सम्बन्धित समाचार