बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • देश
  • धार्मिक तथा पर्यटकिय स्थलकाे धराेहर बडिमालिका तिर्थयात्रा सुरु

धार्मिक तथा पर्यटकिय स्थलकाे धराेहर बडिमालिका तिर्थयात्रा सुरु

बाजुराबाट सरकारी पुजा सामाग्री सहितको टोली बडिमालिका र बुढिनन्दा प्रस्थान

  • आइतवार, भदौ १०, २०८०
धार्मिक तथा पर्यटकिय स्थलकाे धराेहर बडिमालिका तिर्थयात्रा सुरु

टेकबहादुर बुढा,बाजुरा — धार्मिक तथा पर्यटकिय स्थलकाे धराेहर बाजुराको बडीमालिका तिर्थयात्रा सुरु भएकाे छ । सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा रहेको बडीमालिका धार्मिक तथा प्राकृतिक पर्यटनको दृष्टिबाट प्रचुर सम्भावना नै सम्भावना बोकेको पर्यटकिय क्षेत्र हो । उक्त बडीमालिका मन्दिरमा हरेक वर्ष जनै पूर्णीमाको दिन देखि मन्दिरमासर्दालु भक्तजनहरुको घुईचो लाग्ने गरेको छ ।

बाजुरा जिल्ला र देशकै प्रमुख धार्मिक तथा पर्यटकिय क्षेत्रको धरोहर बडिमालिका मन्दिरमा यहि भाद्र शुल्क चतुर्दशीका दिन बडिमालिका मेला लाग्दैछ ।

बडीमालिकाको दर्शन गर्नका लागि कैलाली, डडेलधुरा, डोटी , दाचुर्ला, बझाँङ्ग, अछाम, बाजुरा, जुम्ला, कालीकोट, काठमाडौँ, भारतको गडवाल, सिक्कीम, लगायतका विभिन्न ठाँउबाट भक्क्तजनहरु बडीमालिको दर्शन गर्न हिडीसकेका छन् । बाजुराबाट पनि बडिमालिका दर्शनका लागि जानेकाे घुइचाे लागिरहेकाे छ भने बाजुराबाट सरकारी पूजा सामाग्रीसहितको टोली आइतबार बडिमालिका प्रस्थान गरेको छ ।

धार्मिक पौणाणिक कथा, अनुसार महादेवकी पत्नी सतीदेवीका पिता दक्ष, प्रजावतिले यज्ञ गर्ने समयमा महादेवलाई नवोलाएको र सति देवी ले दक्ष प्रजापतिको यज्ञ, स्थलमा गएर पितासित आफ्नो पति महादेवलाई किन नवोलाएको कारण सोधेकी थिईन, उक्त समयमा दक्ष, प्रजावतिले भनेका थिए , महादेव, भाङ्ग, धतुरो, खाने सम्सान घाटमा बास बस्ने, धाँटीमा सर्पको माला लगाएर जटाधारी कपाल पालेको भेषमा रहने शरिरमा खरानी घस्ने बाघको, छाला, लगाएर बस्ने, शोभाव नभएकालाई आफ्नो यज्ञमा नबोलाएको बताए । दक्षले त्यस्तो उत्तर दिएपछि सतीदेवीले आफ्नो पतिलाई हेला गरेको भन्दै सतीदेवीले यज्ञ कुण्डमा हामफालेर देह त्यागेकी थिएन् ।

सतीदेवीको विलापमा परेका महादेवले सतीदेवीको मृत लास पिठीउँमा बोकेर हिडेका महादेव जहाँ सतिदेवीको अंग पतन भयो त्यहाँ त्यहाँ शक्क्ति पिठको स्थापना भएकाले बडीमालिकामा पनि सतीदेवीको अंग पतन भएकाले बडीमालिकामा शक्तिm पिठको रुपमा स्थापित भएकी हुन् । त्यहाँ गएर दर्शन गर्दा मनले सोचेको वा मागेको फल प्राप्त हुने भएकाले भक्क्तजनहरु कष्ट सहेर पनि त्यहाँ जाने गरेको पाइन्छ ।

उक्त क्षेत्रमा विभिन्न किसिमका जडीबुटीहरु, कन्दमुल, पाँचअ‍ैले, पदमचारो, कटुकी, गधाल्नु, भिडायती, आदि पाइने गरेको छ भने, करिब सय भन्दा बढी प्रजातिका फूलहरु समेत पाइन्छ । उक्त क्षेत्र समुुद्री सतह देखि ४ हजार २ सय १६, मिटर उचाईमा रहेको छ । सुदूपश्चिमकै प्रसिद्र धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा हरेक वर्ष भक्तजन आउने गरेका छन् ।

बडीमालिका मन्दिरमा स्थानिएका अनुसार जे आफूले मनले सोचेको छ जे बर माग्छु भनेर घरबाट गईन्छ , उक्त मन्दिरमा पुजा गर्ने , कर्ममा मागेमा पुरा हुने भक्तजन धार्मिक विश्वास गरिन्छ । स्थानियका अनुसार सोही क्षेत्रमा प्रर्ने नाटेश्वरी मन्दिरमा एक दिन बास, बस्ने गरेको र पछिल्लो दिन सोही क्षेत्रमा करीब २ सय देखि करिब ५ सय सम्म बोकाहरुको बली चढाईने गरिन्छ ।

सो क्षेत्र, निकै पर्यटकीय तथा धार्मिक सम्भावना नै सम्भावना बोकेको क्षेत्र हो । नेपाल लगायत भारतको गडवालबाट समेत दर्शन गर्न भक्तजनहरु हिँडी सकेका छन् । त्यस्तै डोटीको शैलेश्वरी मन्दिरबाट र पञ्चेबाजा सहित जुम्लाको सरकारी टोली समेत बडिमालिका दर्शनका लागि हिडीसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार