बाजुरा — बडिमालिका नगरपालिकामा भोलि अर्थात भाद्र १० गते सार्वजनिक बिदा दिइएको छ । आइतबारका दिन बडिमालिका यात्रा शुभारम्भ हुने भएकाले नगरपालिकामा शुक्रबार बसेको २६ औ कार्यपाालिका बैठकको निणर्य अनुसार नगरपालिकामा सार्वजनिक बिदा दिइएको नगर प्रवक्ता धर्मराज पाध्यायले बताएका छन ।
नगरपालिका अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य केन्द्र र सामुदायिक तथा निजि विद्यालयमा सार्वजनिक विदा दिने निणर्य भएको प्रवक्ता पाध्यायले बताए ।
बाजुरा जिल्ला र देशकै प्रमुख धार्मिक तथा पर्यटकिय क्षेत्रको धरोहर बडिमालिका मन्दिरमा यहि भाद्र शुल्क चतुर्दशीका दिन बडिमालिका मेला लाग्दैछ ।