आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • देश
  • जनतालाई अनुशासन लधाएर मात्र पुग्छ

जनतालाई अनुशासन लधाएर मात्र पुग्छ

  • शनिबार, भदौ ९, २०८०
जनतालाई अनुशासन लधाएर मात्र पुग्छ

सुरेशकुमार पाण्डे —जनतालाई अनुशाशन लधाएर मात्र पुग्छ,
सधै क्रान्तिको सपनामा हराएर मात्र पुग्छ।

देश बिदेशबाट खुब आयो क्रन्तिकै नाममा
ठुलो धनराशी चन्दा तिमी पाएर मात्र पुग्छ।

लामा/लामा लेख थोप्छौ जनतामा तिमीले,
बिचारमा नै दर्शनको गीत गाएर मात्र पुग्छ।

डर दुश्मनको भन्दापनि आफ्नैको छ बढी,
उन्लाई आफ्नो स्वार्थमा सताएर मात्र पुग्छ।

कसैले बाटो बिरायो र पनि संसदभित्र पुग्यो,
के हामिजस्तै केही त्यहाँ अटाएर मात्र पुग्छ।

यही भ्रष्टाचारको मेलाबाट आएर आवेसमा,
दुई चारजना फटाहालाई उठाएर मात्र पुग्छ।

हुन त बतास नलागेको रूख भेटिदैँनन् कतै,
ऐयासी र प्रेमका कथामा अघाएर मात्र पुग्छ।

निदार खुम्चाउँ र सोंचौँ हामीलाई चाहिएको,
आमूल परिवर्तन मनमा सजाएर मात्र पुग्छ।

चर्चामा

सम्बन्धित समाचार