सोमवार, जेष्ठ १४, २०८१
  • होमपेज
  • देश
  • पहिचानवादीद्धारा युवा संघका अध्यक्ष थेबेमाथि आक्रमणको प्रयास

पहिचानवादीद्धारा युवा संघका अध्यक्ष थेबेमाथि आक्रमणको प्रयास

  • शुक्रबार, भदौ ८, २०८०
पहिचानवादीद्धारा युवा संघका अध्यक्ष थेबेमाथि आक्रमणको प्रयास

काठमाडौं — नेकपा एमाले निकट राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेमाथि पहिचानवादी आन्दोलनकारीले आक्रमणको प्रयास गरेका छन् ।

युवा संघका इन्चार्ज महेश बस्नेतका अनुसार थेवेमाथि युवा संघको धनकुटा जिल्ला भेला तथा प्रशिक्षणका लागि चौबीसे गाउँपालिका जाने क्रममा ढुंगामुढा भएको हो ।

जसपा नेता आङकाजी शेर्पाको उक्साहटमा नियोजित रुपमा आक्रमण प्रयास भएको भन्दै सरकारले अराजकहरुलाई नियन्त्रण नगरे प्रतिरोधमा उत्रिने चेतावनी बस्नेतले चेतावनीसमेत दिएका छन् ।

कोशी प्रदेशको नामाकरणको विरोधमा रहेका पहिचानवादीहरुले पछिल्लो समय नेकपा एमालेका नेताहरुमाथि निरन्तर आक्रमणको प्रयास गरिरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार