मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • देश
  • महाकाली नदीको जलसतहले सतर्कता तह पार गर्‍यो

महाकाली नदीको जलसतहले सतर्कता तह पार गर्‍यो

  • बिहिबार, भदौ ७, २०८०
महाकाली नदीको जलसतहले सतर्कता तह पार गर्‍यो

धनगढी— महाकाली नदीको पानीले सतर्कता तह पार गरेको छ। महाकाली नदी डडेल्धुराको परिगाउँ जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हो।

महाकाली नदीको जलसतह ५ दशमलव ८० मिटर पुगेका सतर्कता तह मानिन्छ। बिहिवार दिउँसो महाकाली नदीको जलसतह ५ दशमलव ८३ मिटर मापन गरिएको छ। महाकाली नदीको जलसतह ७ मिटर पुगेमा खतरा हुन्छ। सरकारले महाकालीको तटिय क्षेत्रका नागरिकलाई सर्तक रहन भनेको छ।

डडेल्धुरा र कञ्चनपुरका नदी किनार तथा डुबान हुने क्षेत्रका नागरिकलाई सतर्क रहन जल तथा मौसम विज्ञान विभागले भनेको हो।

चर्चामा

सम्बन्धित समाचार