बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • देश
  • अनाडी नेताहरूले गर्दा समस्याको रास भयो

अनाडी नेताहरूले गर्दा समस्याको रास भयो

  • बुधबार, भदौ ६, २०८०
अनाडी नेताहरूले गर्दा समस्याको रास भयो

सुरेशकुमार पाण्डे —गजल!

अनाडी नेताहरूले गर्दा समस्याको रास भयो,
स्वर्गमा जन्मेका तर हाम्रो नर्कमा बास भयो।

जनतालाई खान र लगाउन ज्यान गुमानु पर्छ,
यो देशको नागरिक सधै दुश्मनको गास भयो।

समाज आजपनि जातिय धार्मिक जालमा छ,
साम्राज्यवादको कब्जामा धर्ती आकास भयो।

हामि धर्मगुरू ओसारर्छौँ छिमेकबाट सधैभरी,
धर्म र रोजी बेटीको नाममा देश नै दाश भयो।

हामिलाई बिदेशीले बहादुर भन्दा फ्रुक्कै पर्छौँ,
बन्यौँ बफादार अरूको र देश सत्यानाश भयो।

नघरका भयौँ नघाटका नै भयौँ नेपाली जनता,
देश कङ्गाल भयो जनताको जिउँदै लाश भयो।

चर्चामा

सम्बन्धित समाचार