आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • देश
  • एजेन्डा राखेर सर्वदलीय बैठक बोलाउने अधिकार राष्ट्रपतिलाई छैन : एमाले

एजेन्डा राखेर सर्वदलीय बैठक बोलाउने अधिकार राष्ट्रपतिलाई छैन : एमाले

  • मङ्लबार, भदौ ५, २०८०
एजेन्डा राखेर सर्वदलीय बैठक बोलाउने अधिकार राष्ट्रपतिलाई छैन : एमाले
फाइल फाेटाे

काठमाडौँ — नेकपा एमालेले एजेन्डा राखेर सर्वदलीय बैठक बोलाउने अधिकार राष्ट्रपतिलाई नभएको बताएको छ । एमालेका सचेतक महेश बर्तौलाले राष्ट्रपतिले एजेन्डा राखेर सर्वदलीय बैठक बोलाउन नमिल्ने भन्दै एमाले बैठकमा सहभागी नहुनुको कारण समेत यही भएको बताएका हुन् ।

‘एजेन्डा राखेर सर्वदलीय बैठक भनेर बोलाउने अधिकार राष्ट्रपतिलाई छैन‚’ बर्तौलाले भने, ‘राष्ट्रपतिको सल्लाहकार भनेको प्रधानमन्त्री र सरकार हो ।

सरकारले मैले सकिनँ‚ गरिदिनुपर्‍यो भनेको जस्तो पनि लाग्दैन । सरकार र प्रधानमन्त्री स्वयं रात-बिहान प्रमुख प्रतिपक्षी दलले संसद्‌मा उठाएको मागको विषयमा छलफल र बैठकमा हुनुहुन्छ ।’

बर्तौलाले एमाले शितल निवासको बैठकमा सहभागी नहुनुको कारण खुलाउँदै भने‚ ‘सरकारको काम राष्ट्रपतिले गर्ने होइन ।’ सहमतिको प्रक्रियाबाट छलफल अघि बढिरहे पनि त्यसलाई समानान्तर रुपमा अघि बढाएर ओभरल्यापिङ गर्न नहुने उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार