शुक्रबार, जेष्ठ ११, २०८१
  • होमपेज
  • देश
  • कैलालीमा मोटरसाइकल दुर्घटनामा परि घाइते भएका प्रहरीको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटनामा परि घाइते भएका प्रहरीको मृत्यु

  • मङ्लबार, भदौ ५, २०८०
कैलालीमा मोटरसाइकल दुर्घटनामा परि घाइते भएका प्रहरीको मृत्यु

बझाङ — कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ।

गत साउन १४ गते आइतवार साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–३ को चौकीडाँडामा सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकललाई सुपप्र ०१ ००२ त ६४१९ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो।

उक्त ट्याक्टरको ठक्करबाट अस्थायी प्रहरी पोष्ट राजपुर डोटीमा कार्यरत प्रहरी जवान हेमराज डाउका गम्भीर घाइते भएका थिए। उनको मायामेट्रो अस्पतल धनगढीमा उपचारका क्रममा हिजो (सोमवार) मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

अस्थायी प्रहरी पोष्ट राजपुर डोटीमा कार्यरत डाउका ४ दिन भैपरी आउने बिदामा रहेका बेला मोटरसाइकल दुर्घटनामा परेका थिए। उनको घर बझाङको तल्कोट हो।

चर्चामा

सम्बन्धित समाचार