मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • देश
  • धनगढीमा करेन्ट लागेर ७ वर्षीय बालकको मृत्यु

धनगढीमा करेन्ट लागेर ७ वर्षीय बालकको मृत्यु

  • सोमवार, भदौ ४, २०८०
धनगढीमा करेन्ट लागेर ७ वर्षीय बालकको मृत्यु

धनगढी— धनगढीमा करेन्ट लागेर ७ वर्षीय बालकको मृत्यु भएको छ।

प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–१४ डी गाउँका पुष्पराज उपाध्यायको ७ वर्षीय छोरा बेदप्रसाद उपाध्यायको करेन्ट लागेर आइतवार बिहान मृत्यु भएको हो।

आफ्नै घरको पानी तान्ने मोटरको तारमा अचानक छुन गई करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार