आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • देश
  • ऋणमा चुलेको देशका नेता दलाल भए

ऋणमा चुलेको देशका नेता दलाल भए

  • शनिबार, भदौ २, २०८०
ऋणमा चुलेको देशका नेता दलाल भए

सुरेशकुमार पाण्डे — गजल!

ऋणमा चुलेको देशका नेता दलाल भए,
धेरैजसो गद्धार बिदेशीहरूका ढाल भए।

जसले देशको लागि लड्यो जिवन भरी,
उनै शहीदका सन्तानहरू नै कङ्गाल भए।

खेर गयो रगत देशभित्र पसिना खाडिमा,
देशमा भूमाफिया र तस्करको जाल भए।

केगर्दा जोगिएला देश र स्वाभिमान हाम्रो,
युवाहरू सधैभरी शड्यन्त्र को काल भए।

सबैलाई थाहा छ पाप के धर्म केहो याहाँ,
फेरी पनि तिनै धर्म र जातमा बबाल भए।

जसले बनायो आलिसान महल संसार मा,
उनै बेघरभए उनैका अंघी रित्ता थाल भए।

चर्चामा

सम्बन्धित समाचार