सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • देश
  • डोटीबाट पेटारोसहितको सरकारी टोली बडीमालिका प्रस्थान

डोटीबाट पेटारोसहितको सरकारी टोली बडीमालिका प्रस्थान

  • बिहिबार, साउन ३२, २०८०
डोटीबाट पेटारोसहितको सरकारी टोली बडीमालिका प्रस्थान

बाजुरा — डोटीबाट सरकारी पूजा सामग्रीसहितको टोली बाजुराको बडीमालिकाका लागि बिहीवार प्रस्थान गरेको छ।

हरेक वर्ष सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल बडीमालिकाका लागि सरकारी पूजा सामग्री (पेटारो) पठाउने गरिन्छ। हरेक वर्षझैँ यो वर्षपनि प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले विशेष पूजाआजा गरि जिल्ला प्रशासन कार्यालय डोटीबाट पेटारो बडिमालीका लागि पठाइएको हो।

जनै पूणिर्माको अघिल्लो दिन अर्थात् चतुर्दशीमा बडीमालिकामा मुख्य पूजाआजा हुने प्रचलन छ। सोही पूजाआजाका लागि राणा कालदेखि नै डोटी गौंणाबाट पेटारो जाने चलन रहिआएको छ। पेटारो १५ दिन लगाएर बडिमालिका पर्याइन्छ।

आज हिँडेको सरकारी टोली साँझ पूर्वी चौकी गाउँपालिका–१ फुलौटमा र शुक्रवार पूर्वीचौकी–५ मा रहेको धानुकाँडामा बास बसाउनुपर्छ। यस्तै अछामको मार्कु, बैद्यनाथ हुँदै पैदल मार्ग बडीमालिका पुग्ने चलन चलिआएको छ।

पूजा सामग्रीमा डोटी दिपायलको भुरुरी (धानको पात) र वैद्यनाथको अक्षता समावेश गरिएको हुन्छ। यो वर्षको पेटारो टोलीको नेतृत्व जिल्ला समन्वय समिति डोटीका सवारी चालक छत्रबहादुर खड्काले गरेका छन्।

पेटारो प्रस्थानका क्रममा सरकारी पूजा सामग्रीलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टुकडीले सलामी दिएको थियो। पेटारो टोलि डोटीको शैलेश्वरी मन्दिर र मालिकाको पुजा गरि बडिमालिका निस्केको छ।

चर्चामा

सम्बन्धित समाचार